शुभारम्भ @ गीतारानी बलाल
सम्पूर्णमा नमस्कार । यश ब्लगमा म गीतारानी तपाईंहरु सम्पुर्णलाई हार्दिक स्वागत गर्दछु। मैले अनुभव गरेको सबैभन्दा गाह्रो काम भनेको समाजमा सबैले चिन्ने गरी आफ्नो परिचय दिनु हाे। मानिसहरुले समाजमा गर्ने काम र मूल्याङ्कन दृष्टिकोणको आधारमा जो कोहीपनि एकभन्दा बढी रूपमा परिचित हुन सक्छन् । अहिले म यहाँहरु माझ सामाजिक कार्यकर्ता हुनुका साथै सामान्य लेखकका रूपमा परिचित भएतापनि हुन सक्छ नेपाली ब्लगरका रूपमा पनि परिचित हुनेछु । म आफूलाई स्वाभिमानी नेपालको नागरिक भन्न मन पराउँछु । ब्लग मेरालागि खास चासोको विषय थियो । जसका बारेमा बिस्तारमा बुझ्ने समय अभाव मलाई हमेशा भइ रह्यो। समस्यासँगै भेटिएको उपाय मान्छु । covid-19 corona virus को संक्रमणबाट देशलाई जोगाउन नेपाल सरकारले देशव्यापी रुपमा गरेको लकडाउनले मेरो लागि अवसर सृजना गर्यो । जसले गर्दा मैले anujbhai. com मा प्रविधिका बारेमा महत्त्वपूर्ण online marketing प्रोग्राममा जोडिने मौका पाएँ । प्रविधिका बारेमा धेरै कुराहरु बुझ्ने अवसर प्राप्त भयो । जसका लागि नेपालमा internet marketing का क्षेत्रमा सफलता प्राप्त गर्नु भएका jiten R...