दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !
नेपाल बलाल मगर समाज केन्द्रीय समितिको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशन आज माघ १९ गते शनिबार तिलोत्तमा १५ कोटिहवा स्थित मगर सभाहलमा भव्यताका साथ सम्पन्न गरिएको छ।
देशका विभिन्न भु भागमा छरिएर रहेका बलाल कुल वंशको सामाजिक "एकता ,भातृत्व र प्रगतिको" मुलभुत उद्देश्यले २०७६ सालमा बौद्धिक सामाजिक व्यक्तित्त्व पुर्व ए.आइ.जि डा गोबिन्द प्रसाद बलाल थापाको पहलमा श्री गीता रानी बलाल थापाको नेतृत्वमा पहिलो केन्द्रीय समितिको पदस्थापना गरिएको थियो ।
संस्थाका अध्यक्ष श्री गीतारानी बलाल थापाको अध्यक्षतामा भएको पाँचौ साधारणसभा तथा दोस्रो अधिबेशनले बलालहरुको पुर्खयौली उद्गम स्थल दिब्रुङ दह तराई गुल्मीका सफल मार्बल व्याव्सायी श्री टेक बहादुर बलाल मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
संस्थाका परिकल्पनाकार बौद्धिक सामाजिक व्यक्तित्त्व डा गोविन्द बलाल थापाको प्रमुख आतिथ्यता , महिला उद्यमशिलताका प्रेरणादायी बौद्धिक समाजिक व्यक्तित्त्व सामुदायिक विकास केन्द्र तिखेदेवल ललितपुरका संस्थापक अध्यक्ष श्री विश्नुमति बलालको विशिष्ट आतिथ्यता , दिब्रुङ दह तराई बलाल परिवारका अध्यक्ष श्री पुर्ण बहादुर बलाल थापाको आतिथ्यता , संचालक समितिका पदाधिकारी एवम् सदस्यहरु , विभिन्न जिल्लाका जिल्ला प्रतिनिधि बलाल वंशका दाजुभाइहरुको सार्थक उपस्थितिमा भव्यता साथ कार्यक्रम सम्पन्न गरिएको छ।
यसैगरी उपाध्यक्ष श्री नविन बलाल , सचीव श्री कुमारी बलाल , कोषाध्यक्ष श्री मिना बलाल निर्विरोध निर्वाचित भएका छन् । गुल्मी, बाग्लुङ , झारखर्क , सिम्ले, रुपन्देही , कन्चनका बलाल दाजुभाइ द्वारा शुभकामना मन्तव्य राखीएको थियो ।
प्रमुख अतिथि डा गोविन्द बलाल ज्युले बलाल परिवारको सामुहिक प्रयासबाट आर्थिक सामाजिक साना ठुला हरेक खालका महत्त्वपूर्ण उपलब्धिहरु हासिल गर्न सकिन्छ । हाम्रै उपलब्ध स्थानीय स्रोत साधनको भरपुर प्रयोग गर्दै सामुहिक आर्थिक विकासका लागी देशभरी छरिएका बलाल परिवारले ऐक्यबद्धता जनाउनु अति आवश्यक रहेको विषयमा जोड दिनु भयो।
विशिष्ट अतिथि श्री विश्नुमति बलालज्युले उद्यमशिलताको क्षेत्रमा लामो समयदेखि महिलाहरु घरायसी काममा बाहेक सिपमुलक तालिम सिकेर व्यक्तिगत स्तर बाट भएपनि बलाल समाज का दिदिबहिनीहरुले आर्थिक क्रियाकलापहरु गरी सक्षम हुनुपर्छ भन्ने सुझावमुलक शुभकामना मन्तव्य राख्नु भएको थियो।
कार्यक्रममा क्रमशः अध्यक्षको तर्फबाट प्रगति प्रतिवेदन र कोषााध्यक्षको तर्फबाट आय व्यय प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रम दिउँसो ११ बजे देखि ४ बजेसम्म जुभुङ बलाल परीवारका सकारात्मक सामाजिक भावले ओतप्रोत भएका क्या टेक बहादुर बलाल ज्युको कुशल संचालनमा भएको थियो।


Comments
Post a Comment