DNIG द्वारा आयोजित साईग्रेस वर्ड टुर कार्यक्रम सिर्जनात्मकता र व्यवस्थापनको उत्कृष्ट उदाहरण सहित सम्पन्न।
दुबई, यूएई – दुबई नेपालिज इन्फ्लुएन्सियल ग्रुप (DNIG) ले १२ जनवरी २०२४ मा दुबई स्थित एक प्रसिद्ध फाइभ स्टार होटेल डबल ट्रि बाइ हिल्टनमा आयोजना गरेको साईग्रेस वर्ड टुर कार्यक्रम भव्यता का साथ सम्पन्न भएको छ । यस इभेन्टले दुबईमा रहेका नेपाली समुदायलाई सिर्जनात्मकता र संगठनात्मक उत्कृष्टताको अद्भुत अनुभव प्रदान गर्यो। कार्यक्रमले उत्साहपूर्ण वातावरण र व्यवस्थित आयोजनले सबैलाई आकर्षित गर्न सफल रहयो।
कार्यक्रममा सुरुदेखि नै DNIG टिमको व्यावसायिकता र समर्पण स्पष्ट देखिन्थ्यो। प्रत्येक चरण निकै रोचक तरिकाले संरचित र सहज रूपमा अघि बढाइएका थिए, जसले सहभागीहरूलाई मनोरञ्जन र उत्साह प्रदान गर्यो। कार्यक्रमको उत्कृष्ट तथा व्यव्स्थित बसाइ, साउण्ड सिस्टम, र भिजुअल इफेक्टको व्यवस्थाले कार्यक्रममा थप रौनकता ल्याउन सफल भएको थियो।
यस सफल आयोजनामा आयोजक र स्वयंसेवकहरूको योगदान प्रशंसनीय रह्यो।उनीहरूले हरेक सहभागीहरुलाई न्यानो स्वागत सहित आतिथ्यताको व्यवस्थापनले कार्यक्रमलाई अझ सकारात्मक र समावेशी बनाउन सफल भयो।
साईग्रेस कार्यक्रमले DNIG को सिर्जनात्मकता र व्यवस्थापकीय क्षमता मात्र प्रदर्शन गरेन, यसले समुदायमा एकता र सशक्तिकरणको भावना पनि प्रवर्द्धन गर्यो। सहभागीहरूले कार्यक्रमबाट प्रेरणा लिएर आगामी यस्ता कार्यक्रमहरू प्रति उत्साहित रहेको प्रतिक्रियामा
DNIG टिमलाई यस्तो सफल र प्रभावकारी कार्यक्रम आयोजना गरेकोमा हार्दिक बधाई व्यक्त गरेका थिए । कोर टिम मेम्बर चपेन्द्र बरालका अनुसार "यस कार्यक्रमको सफलताले दुबईमा नेपाली समुदायको एकता र सशक्तिकरणको प्रतीकको रूपमा DNIG अझ मजबुत रूपमा स्थापित हुन सफल भएको छ।"
कार्यक्रममा संस्थापक मनोज मर्हट्ठा द्वारा संस्थाको परिचय ,उद्देशय र विभिन्न ग्रुपहरुको सकारात्मक पक्षहरु माथी प्रकाश पार्दै DNIG Executive Team र advisory Team members हरुलाई सार्वजनिक गरिएको थियो।
यसै सन्दर्भमा DNIG उद्यमी समुहद्वारा संचालन गरिने ING tour& travel LLC लाई पनि सार्वजनिक गरिएको थियो । स्थापनाकालको छोटाे अवधिमा नै यश समुहमा १००० भन्दा बढी सदस्यहरु आवद्ध भएको जानकारी समेत सार्वजनिक गरिएको थियो। ततपश्चात् कार्यक्रमका मुख्य केन्द्र बिन्दु फेमस स्टोरि टेलर साइग्रेस पोख्रेललाई भव्य स्वागत सहित सेसन हस्तान्तरण गरिएको थियो। उनका सृजनात्मक, प्रेरणादायी प्रस्तुतिले कार्यक्रमको माहोल निकै मन्त्रमुग्ध हुनुका साथै वातावरण निकै भावुक समेत सृजना भएको भयो ।
युनि सिटिजन्स फन्डले मुख्य स्पोन्सरको भुमिका निर्वाह गरेको यस इभेन्टमा गोल्ड, सिल्भर र ब्रोन्ज गरी करिब १५ वटा व्यावसायिक संस्थाहरुले स्पोन्सरशिपको भुमिका निर्वाह गरेका थिए।
कार्यक्रमलाई सभ्य्र भव्य रूपमा सफल तुल्याउन परदेशमा बसोबास गर्दै आएका विभिन्न संस्थागत र व्यावसायिक जिम्मेवारीहरुमा २० औ वर्ष अनुभव संगालेका देखि भर्खर वैदेशिक रोजगारको सिलसिलामा दुबईलाई कर्मस्थल बनाएका विभिन्न क्षेत्रका अनुभवी दिग्गज DNIG मा आबद्ध व्यक्तित्त्वहरुले स्वयंसेवकको भुमिका निर्वाह गरेका थिए ।
दिउँसो ३ बजे देखि साँझ ७ बजे सम्म संचालन भएको उक्त कार्यक्रममा DNIG मेम्बर्स , शुभेच्छुक, समाजिक संज्ञालका विभिन्न प्लेटफर्ममा भाइरल कन्टेन क्रीएटरहरु , गरि ३०० बढी प्रोफेशनलहरुको सार्थक सहभागीता रहयो ।
यस इभेन्टले पर्यटन विकास र प्रबर्द्धनको विश्व ऐतिहासिकता कायम गरेको प्राय सबैको सपनाको शहर दुबई स्थित फाइभ स्टार होटेलमा प्रोफेशनल नेपालीहरु को ग्रुप DNIG द्वारा आयोजित पहिलो ऐतिहासिक कार्यक्रमको रूपमा चौतर्फि चर्चा पाउन सफल भएको छ।
पुनश्च
DNIG एक गैर-नाफामूलक संस्था हो, जसले दुबईमा नेपाली समुदायलाई विभिन्न कार्यक्रम, पहल, र सहयोग मार्फत सशक्त बनाउँदै आइरहेको छ। थप जानकारीका लागि DNIG का आधिकारिक वेबसाइट वा सामाजिक सञ्जाल च्यानलहरूमा सम्पर्क गर्नुहोस्।












Comments
Post a Comment