पटुकीको गाँठो
भुवन शिवाकोटी “चौघरे” प्रिय लागेका थुप्रै कुराहरू छन् मनभरि भरिएका धेरै कुरा भन्नु छ तिमीलाई तर शब्द भेटेको बेला तिमीलाई भेट्दिन तिमीलाई भेटेको बेला अल्जाइमरको रोगी झैं दिमागबाट हराउँछन् शब्दहरू गुनासो बेरिएका शब्दहरूमा थुप्रै एकान्तका अबशेषहरू छन् अनिदा रात छन् आँसुले भिजेको सिरानी छ खुसीका दिन छन् मन हराएको बिरानी छ आँसुहरू झर्छन मौन बोल्छन र बिलाउँछन आँसुका भाषा र लीपिहरू बुझ्दिन म आफैसँग आफु टाढाभइ रहन्छु मनको आवाज आँसुले नबोलिदिने भए सायद बिरहको कुनै अर्थ हुन्थेन माया नभएको भए लुकाई लुकाई पटुकीमा खाजा बेरिने थिएन हुनपनि सधै खाजाको पोको हेरियो हरिया चुराले भरिएको नाडिमा समाएर अनुहार पढियो आँखाको गहिराईमा डुबियो सिंउदोमा भरिएर संसार डुलियो तर खाजा लुकाउने पटुकी खोलिएन किन थाहा छ प्रिय म चाहन्न थे पटुकी खोल्दा तिम्रो सर्वाङ्गको लज्जा खुलोस् ! २०७८ जेठ ०९ काठमाडौ