वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न
मङ्सिर २६ गते बुटवल-९ सिद्धार्थ कटेजस्थित लुम्बिनी हलमा वीरगाथा बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको सहकारी शिक्षा तालिम भव्य रूपमा सम्पन्न भयो। संस्थाका अध्यक्ष श्री राज बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त तालिममा निवर्तमान अध्यक्ष क्या जनक बहादुर थापा प्रमुख अतिथिको रूपमा उपस्थित थिए भने व्यवस्थापक प्रमुख श्री चन्द्र बहादुर रानाले सहजीकरण गरेका थिए। कार्यक्रममा संस्थापक ८५ वर्षीय जेष्ठ शेयर सदस्यसहित कुल ५२ जनाको उत्साहजनक सहभागिता देखियो। सहभागीहरूले सहकारीका सिद्धान्त, सञ्चालन प्रक्रिया, र व्यावहारिक पक्षबारे ज्ञान आर्जन गर्दै सहकारीको सुदृढीकरणमा थप योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे। सहकारी सदस्यहरूलाई सहकारीको संरचना, वित्तीय व्यवस्थापन, पारदर्शिता, र नेतृत्व क्षमताबारे शिक्षित गर्न यो तालिम आयोजना गरिएको थियो। सहकारीलाई थप सशक्त र व्यवस्थित बनाउन र सदस्यहरूको भूमिकालाई प्रभावकारी बनाउन तालिमले विशेष ध्यान केन्द्रित गरेको थियो। कार्यक्रमका प्रमुख अतिथि क्या जनक बहादुर थापाले सहकारीलाई सशक्त बनाउने मार्गका रूपमा शिक्षा अपरिहार्य भएको बताए। उनले सहकारीले व्यक्ति, समाज र राष...