Posts

Showing posts from February, 2025

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

Image
नेपाल बलाल मगर समाज केन्द्रीय समितिको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशन आज माघ १९ गते शनिबार तिलोत्तमा १५ कोटिहवा स्थित मगर सभाहलमा भव्यताका साथ सम्पन्न गरिएको छ। देशका विभिन्न भु भागमा  छरिएर रहेका बलाल  कुल वंशको सामाजिक "एकता ,भातृत्व र प्रगतिको" मुलभुत उद्देश्यले २०७६ सालमा बौद्धिक सामाजिक व्यक्तित्त्व  पुर्व ए.आइ.जि डा गोबिन्द प्रसाद बलाल थापाको पहलमा श्री गीता रानी बलाल थापाको नेतृत्वमा पहिलो केन्द्रीय समितिको पदस्थापना गरिएको थियो । संस्थाका अध्यक्ष श्री गीतारानी बलाल थापाको अध्यक्षतामा भएको पाँचौ साधारणसभा तथा दोस्रो अधिबेशनले  बलालहरुको पुर्खयौली उद्गम स्थल दिब्रुङ दह तराई गुल्मीका सफल मार्बल व्याव्सायी श्री टेक बहादुर बलाल मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।  संस्थाका परिकल्पनाकार  बौद्धिक सामाजिक व्यक्तित्त्व डा गोविन्द बलाल थापाको प्रमुख आतिथ्यता , महिला उद्यमशिलताका प्रेरणादायी बौद्धिक समाजिक व्यक्तित्त्व सामुदायिक विकास केन्द्र तिखेदेवल ललितपुरका संस्थापक अध्यक्ष श्री विश्नुमति बलालको विशिष्ट आतिथ्यता , दिब्रुङ दह तराई बलाल परिवारका ...