Posts

Showing posts from October, 2025

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

Image
बुटवल, असोज २४, २०८२ (शुक्रबार) वीरगाथा बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १६औँ साधारणसभाका लागि शुक्रबार शेयर सदस्यहरूसँग सल्लाह–सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा १०६ जना शेयर सदस्यले सार्थक सहभागिता जनाएका थिए। कार्यक्रम संस्थाका अध्यक्ष श्री राज बहादुर थापाको अध्यक्षतामा कर्नल  बि. बि. रेश्मी मगर प्रमुख आतिथ्यता भसल्लाहकार प्रकाशमान केसी र सहविर थापा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। संस्थाका व्यवस्थापक प्रमुख श्री चन्द्रबहादुर रानाले प्रस्तावित प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा संस्थाका पूर्व पदाधिकारीहरू तथा अन्य शेयर सदस्यहरूले विविध विषयमा छलफल गरेका थिए। संस्थाले स्थापना कालदेखि नै आफ्ना शेयर सदस्यहरूबाट लिखित तथा मौखिक रूपमा सल्लाह–सुझाव संकलन गर्दै आएको छ। सहकारी ऐन, विधान र नियामक निर्देशिकाअनुसार संस्थालाई पारदर्शी र सुव्यवस्थित रूपमा सञ्चालन गर्ने परम्परा यस सहकारीमा स्थापित छ। कार्यक्रममा राष्ट्रीय सहकारी नियामकीय प्राधिकरण (NCRA) द्वारा जारी   नियामकीय मापदण्ड २०८२ को बारेमा विशेष छलफल भएको थियो । कार्यक्रमको स्वागत मन्तव...