एक गजल ✍️भानुभक्त बलाल


 गजल

 कुनै वर्ष, महिना, हप्ता या बार हुदैन 
 अब  तिमीसंग  मेरो  सरोकार  हुदैन  ! 
                              
जिवनमा केही गर्न चलायमान हुनैपर्छ, 
थन्क्याइएको पाउजुमा झन्कार  हुदैन !

आउन चाहिँ मलाई ज्वरो पनि आएन,
लाग्थ्यो उनले छोड्दा रक्तसंचार हुदैन !
 
यी नेताको ताल देखेरै भनिएको होला,
पिध नभएको  लोटाको आधार  हुदैन !

कमसल चिजकै बढी प्रचार हुने गर्द्छ 
गुणस्तरयुक्त सामानमा  उपहार  हुदैन !

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

DNIG द्वारा आयोजित साईग्रेस वर्ड टुर कार्यक्रम सिर्जनात्मकता र व्यवस्थापनको उत्कृष्ट उदाहरण सहित सम्पन्न।