समाचार <> प्रदर्शन तथा खबरदारी सभा !
पुर्व गोर्खा सैनिकहरुलाई सामाजिक सुरक्षा भत्ता नदिने सरकारी निर्णयकाे विराेधमा राष्ट्रिय पूर्वसैनिक संगठनले शुक्रबार बुटवलमा विराेध प्रदर्शन तथा खबरदारी सभा सम्पन्न गरेको छ ।
पुर्ब गाेर्खा सैनिकहरूलाई बिभेद गरि र अनागरिक बनाउने निर्णयको बिरुद्ध राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध राष्ट्रिय पूर्वसैनिक संगठन प्रदेश नम्बर ५ (लुथम) समितिको आयोजनामा साउन २ गते विरोध तथा खबरदारी सभा सम्पन्न भएको हो ।खबरदारी सभामा बाेल्दै राष्ट्रिय पूर्व सैनिक संगठनका केन्द्रिय अध्यक्ष क्या. भीम बहादुर राना, राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद उपाध्यक्ष दल बहादुर बिरकट्टा, अल नेपाल भारतीय पूर्वसैनिक कल्याणकारी संगठन केन्द्रिय सह अध्य्क्ष चन्द्र महत
राष्ट्रिय महिला मोर्चा केन्द्रिय महासचिब धनी आले, जनमुक्ति युवा महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुन्दर गुरुङ, पूर्वसैनिक संगठन प्रदेश ५ अध्यक्ष क्या. बल बहादुर थापा, अल नेपाल भारतीय पूर्वसैनिक कल्याणकारी संगठन जिल्ला अध्यक्ष सु. लील बहादुर केसी लगायतले पुर्व गाेर्खा सैनिकलाई सामाजिक सुरक्षा भत्ता नदिने निर्णय खारेज नगरे सशक्त आन्दोलनमा उत्रने चेतावनी दिए ।
विरोध सभालाई संबोधन गर्दै राष्ट्रिय महिला मोर्चाका केन्द्रिय महासचिव धनी आलेले पुर्व सैनिकलाई सामाजिक सुरक्षा भत्ताबाट बन्चित गर्ने निर्णय तत्काल खारेज गर्न माग गरिन् ।
उनले पूर्व सैनिकहरुलाई राजनीतिक रुपमा अग्राधिकार दिन राष्ट्रिय जनमुक्ति पार्टीले भुपुलाई खम्बाको रुपमा स्थापित गरेको बताइन् । आकाश मा चन्द्र- सुर्य रहेसम्म गोर्खालिको वीरताको कहानी विश्वमा गुन्जिरहने भन्दै संसारले प्रसंशा गर्ने गोर्खा सैनिकहरुलाई राज्यले विभेद गर्नु विडम्बनापुर्ण भएको बताइन् ।
विरोध सभालाई संबोधन गर्दै पूर्व सैनिक संगठन का केन्द्रिय अध्यक्ष क्या .भीम बहादुर रानाले गाेर्खा भर्तिका कारण राज्यले प्रशस्त लाभ लिन सफल भएपनि उनिहरुले भोग्नु परेका समस्याहरुका बारेमा राज्य सञ्चालकहरु कहिल्यै गम्भीर नभएकोमा आक्रोश व्यक्त गरे ।
सैनिकले विदेशमा गरेको सेवा र कर्मबापत राज्यले ठूलो रेमिट्यान्स प्राप्त गर्दछ, तर भूपूहरूले प्राप्त गर्ने सुविधाप्रति नेपाल सरकारको कुदृष्टि आफूहरूलाई सैह्र नहुने बताएराष्ट्रिय जनमुक्ति पार्टी का संघिय परिषद उपाध्यक्ष दलबहादुर बिरकट्टा मगरले गोर्खा भूपू
मुलुकका लागि रेमिट्यान्स भित्र्याउन ठूलो योगदान गरेका पूर्व सैनिकहरुलाई सरकारले उचित सम्मान गर्नु पर्ने ठाउँमा राज्यले उल्टै अनागरिक सरह व्यवहार गरेको भन्दै अब सम्पूर्ण भुपुहरु एकजुट भएर सरकार बिरुद्ध लड्नुपर्ने बेला आएको बताए ।यसअघि बुटवल राजमार्ग चौराह देखी शुरु गरेको विरोध र्याली मिलन चोक हुँदै मिडिया चोकमा पुगेर विराेध सभामा परिणत भएको थियो ।
विरोध सभामा कपिलबस्तु, नवलपरासी, पाल्पा र रुपन्देहीका गरि करिब १००० पुर्व सैनिकहरुको उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रमको व्यवस्थापन पूर्वसैनिक संगठन प्रदेश नं.५ ले गरेको थियो भने संचालन पुर्व सैनिक संगठन प्रदेश ५ का सचिव क्या .श्यामबहादुर थापाले गरेका थिए ।



Comments
Post a Comment