एक गजल ✍️ धनमाया राई !- विदेशमा पोख्छ जमात रगत र पसिना यता जहानको आँसु ,जवानी सिद्धिन्छ



  धनमाया राई  
  उपाध्यक्ष - प्रलेस सिन्धुली 
 
  गजल
  
  सिद्धिन त हरेकको जिन्दगानी सिद्धिन्छ
  सकिनु नै छ जानीनजानी सिद्धिन्छ

  देशको लागि केही गरौं,मौका पाको बेला
 नत्र पालै पालो कुर्सी तानीतानी सिद्दिन्छ

 विदेशमा  पोख्छ  जमात रगत र पसिना 
 यता जहानको आँसु , जवानी सिद्धिन्छ

 युवालाई देशमै रोजगार मिलाइदेऊ सरकार
 यतिबेला सुस्ताए तिम्रो कहानी सिद्धिन्छ

 देशको निम्ति लड्ने दुई चार सपुत नभए त
 इतिहासमा सीमित हाम्रो निशानी सिद्धिन्छ

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

DNIG द्वारा आयोजित साईग्रेस वर्ड टुर कार्यक्रम सिर्जनात्मकता र व्यवस्थापनको उत्कृष्ट उदाहरण सहित सम्पन्न।