गजल !- पबित्रा थापा मगर जन्म दिने आमा पनि बेच्ने गर्छन मान्छेहरू आफ्नो राजनितीमा स्वार्थ अनुकूल बनाएर।


गजल

झरेको पातलाइ पनि सजाउनु फूल बनाएर।
खेर नफाल्नु जिन्दगी आँसु को मुल बनाएर।

गाउँको क्या राम्रो बिकास गर्नु भो मन्त्रीज्यु,
खोला नै नभएको ठाँउमा पनि पुल बनाएर।

जन्म दिने आमा पनि बेच्ने गर्छन मान्छेहरू 
आफ्नो राजनितीमा स्वार्थ अनुकूल बनाएर।

मै हु भन्नेहरुले पनि  केही त गरेनन् ,आखिर 
जनता मारे राजनितीको क्याप्सुल बनाएर।

सरकार !बिरामी आमालाई मृगौला किन्नु छ 
र म मुटु बेच्न विज्ञापन गर्दैछु तूल बनाएर।

पबित्रा थापा मगर
कावासोती -३  नवलपुर

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

DNIG द्वारा आयोजित साईग्रेस वर्ड टुर कार्यक्रम सिर्जनात्मकता र व्यवस्थापनको उत्कृष्ट उदाहरण सहित सम्पन्न।