दुई जोर मुक्तक !- बिमल खरेल
बिमल खरेल (कलबिरे)बाग्लुङ
मुक्तक-१
पराई सँग तिम्ले घरबार जमाएको थाहा भयो
अर्कै सँग नाता गाँस्दै रमाएको थाहा भयो
त्यो भन्दा ठूलो चोट के नै थियो मेरा लागि
जब तिम्ले अर्कैको हात समाएको थाहा भय
मुक्तक-२
मार्न खोजेकी रहेछे मलाई पत्तै भएन
नजर जुधाइ मुसुक्क मुस्काई पत्तै भएन
अब साथ पाएँ सोंचेको थिएँ जिन्दगीमा
नजिक आई घाँटीमा समाई पत्तै भएन
मुक्तक-३
पाउदै नपाउने चिजहरूमा पनि आस भैदियो
आसै आसले जिन्दगीमा रुवाबास भैदियो
भैगो अब अधूरा सपना देख्नु छैन मलाई
सपना देख्दा यो मन जलेर सत्यानास भइदियो
मुक्तक -४
यता बोलाउँदा उता जानीलाई के भनौं
यस्तो मुर्ख यस्तो अज्ञानीलाई के भनौँ
त्यो काम सम्भव छैन थाहा हुँदा हुँदै पनि
पानीमाथि आगो बाल्ने बानीलाई के भनौं

Comments
Post a Comment