एक गजल @ प्रेम बलाल :- छिट्टै घर फर्कने बाचा दिएछु,बुढी आमालाई बाध्यतामा फसेछु तर खासमा बस्नै मन छैन


  गजल 

 
मिठा-मिठा सपनाको आसमा बस्नै मन छैन
साच्चिकै मलाई यो प्रवासमा बस्नै मन छैन

युरोप लान्छु भनी अरबमा फसायो दलालले
कमैया बनि अर्का को दासमा बस्नै मन छैन

दिनहुुँ हातपात गर्छ साहुले जति काम गरेपनि 
हात मुख बाधेर डर त्रासमा बस्नै मन छैन

लोभले लाभ,लाभले बिलाप भएका धेरै छन् 
जित्ने आस मा जुवा तासमा बस्नै मन छैन

छिट्टै घर फर्कने बाचा दिएछु,बुढी आमालाई 
बाध्यतामा फसेछु तर खासमा बस्नै मन छैन

पि .के बलाल मगर-गुल्मी 
हाल:- प्रवास

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न