दिनहुँ हत्या ,हिंसा र बलात्कार हुन्छन् यहाँ पीडितहरु न्यायको भिख माग्दै रुन्छ्न् यहाँ



















पबित्रा थापा मगर
नवलपुर
 
गजल

दिनहुँ हत्या ,हिंसा र बलात्कार हुन्छन्  यहाँ 
पीडितहरु न्यायको भिख माग्दै रुन्छ्न् यहाँ 

हारगुहार गर्दा पनि सुनुवाइ कतै नभए पछि 
सधैं बाध्य भएर आँशुले  मुख धुन्छ्न्  यहाँ 

भन्छन् नेपालको कानुन दैबले मात्र जानुन् 
कानुन नै  बेचेर झुटो महाजाल बुन्छ्न् यहाँ 

जता पैसा उतै तिर बिक्ने गर्छ न्याय  पनि
घुसखोरी नेता जनताले किन?चुन्छ्न् यहाँ

सरकार आफै छुटाउछ्न् अपराधी र दोषी 
र निर्दोष मान्छेलाई जेल भित्र थुन्छ्न् यहाँ 

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न