सुनिता चुदाली
मुक्तक-१
शहरमा रहर खोज्दा मन डराएको छ।
निर्धाले सासफेर्दा शासक कराएको छ।
आक्रान्त छ समाज अन्यायको बिषले
कता गुहार मागुँ देशमा न्याय हराएको छ।
मुक्तक-२
बिना बतास निभ्दो रैछ विश्वासको दियो पनी
कती कम्जोर रैछ त्यो सम्बन्धको मियो पनी
भर हुन्न आफनाको नै कसको भर गर्नु अब
शब्दै काफी हुन्छ घोच्न चाहिदैन सियो पनी
मुक्तक-३
तिम्रो बिश्वासमा हिमाल झैँ अटल रहन सकुँ
मनमा भिज्न म सकुँ नशा नशामा बहन सकुँ
घाम पानि हो जिन्दगि हुरी बतास पनि हो
कठिन पलहरुमा धैर्य गर्न सकौ सहन सकुँ
मुक्तक-४
यो झरी अनि झरीको संगीत याद छ।
पानीमा भिज्दै गाएको त्यो गित याद छ
सक्छौ र लैजान याद ,फिर्ता लिन ति पल
जोडियौ कतै तिमि तर त्यो प्रित याद छ ।
गज्जब
ReplyDelete