कविता लूतो :- ढुक्क हुनोस ,,,हाम्रो पुस्ता त यहि लुतो, कन्याउदा कन्याउदै बित्ने छ !!
साउने सक्रान्तिमा
जिउको लुतो
फाँल्न सिकाएका,
हाम्रा पुर्खाले मनको लुतो फाल्न,
कहिल्यै सिकाएनन् !
छालाको लुतो त जाला ,
तर मनको लुतो अह! कहिल्यै गएन !
त्यसैले हाम्रो समाजमा,
लुतो चिलाई रहन्छ !!
मानिस कनाई रहन्छ !!
बरू छालाकै लुतो सहि,
मकैको खोईलाले मस्त कन्याए पछि !
अानन्द त हुन्थ्यो !!
तर यो ,,,,,,,,
अरू राम्रो देख्दा चिलाउने
अाँखाको लुतो,
ठगेर खान खोज्ने जिब्रोको लुतो,
अरूको डाहा गर्ने
दिमाखको लुतो
अरूप्रति नराम्रो सोच्ने
मनकोको लुतो,
जतिलाई भेट्छ उतिलाई
माझैमा राख्न सक्ने ,,
त्यो मुटुको मायाको लुतो !
न त असार मशान्तरमा,
न त साउने सक्रान्तिमा,
फालेर जाँन्छ यो लुतो !
त्यसैले शरिर सफाचट भएका
कति बिचराहरूको जिन्दगी
त्यहि लुतो कन्याउदैमा बितेको छ
जति कन्यायो उति चिलाउछने !!
जता सुकै लुतै लुतो छ
हातमा लुतो छ निर्धालाई पिट्छ
पेटमा लुतो छ, भोकाएर चिलाउछ,
गरिबको खोल्तिको लुतोको त कुरै नगरौ ,,,
कति चिलाउछ कति !!
अफिसमा जाँउ फाईलमा लुतो छ,
हात्ति र गैडले कन्याउदा पनि
चिलाउन छोड्दैन !
निर्धाको निबेदनमा झन ,
शब्द शब्दमा लुतो फाँल्नु पर्छ !
जति कन्यायो उति चिलाउछ !
योजना र अनुगमनको लुतोको त,
बयान गरि साध्ये छैन ,,,!
कन्याउदा कन्याउदै खोईलो भाँचिन्छ
तर लुतो चिलाउन छोड्दैन !!
अनि हामिले हरेक साउने सक्रान्तिमा,
बाउ बाँजेको परम्परा धान्ने नाउमा,
अगुल्टो फालिरह्यौ!
तर सधै लुतो पालिरह्यौ !
आज हाम्रो समाज यति लुते बन्यो कि
ढुक्क हुनोस ,,,हाम्रो पुस्ता त यहि लुतो,
कन्याउदा कन्याउदै बित्ने छ !!
सकिन्छ भने अाँउने पुस्ताको लागि,
यो लुतो फाँल्ने कोशिस गरौ !!

Atti uttam
ReplyDeleteHjur
ReplyDelete