तीन रोज्जा मुक्तक :-खुकरीलाई के थाहा अचानाकाे ब्याथा घुम्ने मदानिकाे नेति हाे रछ जिन्दगी

    सीता ढुङ्गाना - रुपन्देही 



मुक्तक-१
आमालाई रुवाएर   हासेकाे    देखियाे
कसैसंग माया प्रिति गासेकाे देखियाे 
करिम  नै  बिग्रिएर हाेकी  खै भाग्य 
सम्झना  सबै   मासेकाे  देखियाे


मुक्तक-२
स्वार्थले हाेकी बाध्यतामा पर्याे सानू
साथ निभाउछु भन्थ्याै पर सर्याे सानू 
बुझ्नै  सकिन त्याे अात्माकाे कुरा
आज किन बिर्सिएर तल झर्याे सानू 

मुक्तक-३
चाेटै,चाेटकाे खेति हाे रछ जिन्दगी 
जति भाेग्याे तेति हाे रछ जिन्दगी 
खुकरीलाई के थाहा अचानाकाे ब्याथा 
घुम्ने मदानिकाे नेति हाे रछ जिन्दगी

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न