जिन्दगीको पहिलो गजल @गजलकार धनमाया राई ; - मन्दमन्द मुस्काउने गुलाफझै उसको मुस्कान अन्तर्मनको कन्दरामा जताततै छाएको छ
धनमाया राई
आजकल मेरो सपनीमा एउटा मान्छे आएको छ
मुस्कुराउँदै मनभित्रका केहि भन्न चाहेको छ
एकान्तमा गुन्जिरहने कोइलीको बोलीजस्तै
उसले मेरो मन छुने मीठो गजल गाएको छ
मन्दमन्द मुस्काउने गुलाफझै उसको मुस्कान
अन्तर्मनको कन्दरामा जताततै छाएको छ
पहिलो भेटमै पिरतीको फूल रोप्यो मनभरी
अनगिन्ती पालुवामा मन्जरी पलाएको छ
विपनीको नभए नि सपनीको भाग्यमानी
यो सानीको सम्झना र चोखो माया पाएकोछ
२०७३/११:३०
सिन्धुली

Comments
Post a Comment