कस्ता शब्दको वाक्य,हो यो जिन्दगी! शब्दमा न बिग्रह ,न समास छ ।

जीवनपानी 
 
गजल
 यहाँ जिउँदाको मलामी लास छ
लासकै हर्ष,उल्लास  उच्छ्वास छ।
 
शून्यमा उभिएका छन् मान्छे आज
न तल धर्ती ,न माथि आकाश छ ।
 
कस्ता शब्दको वाक्य,हो यो जिन्दगी
शब्दमा  न  बिग्रह ,न समास  छ ।
 
अनौठो गोलो छ,मान्छेको टाउको 
परिधिभन्दा ठूलो ,अर्धव्यास छ ।
 
मात्रै  चार  औंलाको   दूरी  न  हो 
आँखा र कानमा विरोधाभास छ।

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न