तीन रोज्जा मुक्तक




मुक्तक-१

समाउदा समाउदै छुटेको हात,कस्तो हुन्छ नसोध !

आफ्नै बाट मिलेको  घात, कस्तो  हुन्छ  नसोध ! 

सधै  ग्रहण   मात्र   लागेको   जिन्दगी  यो  मेरो !

पुर्णिामाको   त्यो   रात   कस्तो   हुन्छ   नसोध !


मुक्तक-२

मन्द मुस्कान दिइ जालमा पार्नेहरु रैछन यहाँ !

मिठो बचन बोलि कुटु कुटु मार्नेहरु रैछन यहाँ !

पाइला अघि बढाउ तिमी साथ म दिन्छु भन्नेहरु ,

परि  आउँदा  खुट्टा  पछि  सार्नेहरु  रैछन  यहाँ !


मुक्तक-३

न ठग्न सिकियो न त लुकाउन सिकियो !

केवल आफ्नै पसिनामा रमाउन सिकियो !

मालामाल छ्न स्वदेशमै युवा जमात ठग्नेहरु

सोझो हुनाले त हजुर  विदेश धाउन सिकियो !


भानुभक्त बलाल
ठेगाना : गुल्मी  
हाल : CG temple Nawalparasi

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न