कविता :अविस्मरणीय : तिमीले सम्झिएनाै गुनासाे छैन तिमी प्रति घनिभुत लाेभ जागेकाे पनि हैन


 परिक्षक भुवन शिवाकाेटी “चाैघरे”

याैटै हाे कसुर दु:ख लागिरहेछ 
मैले लाखाैं पटक बिर्सिए 
लाखाैं पटक नै सम्झिए
तर तिमीले
एक पटक सम्झिन आवश्यक ठानेनाै
एउटै मनभित्र पनि 
एउटै सिक्काकाे दुई पाटाे रहेछन् 
सम्झना बिर्सना 

तिमीले सम्झिएनाै 
गुनासाे छैन 
तिमी प्रति 
घनिभुत लाेभ जागेकाे पनि हैन 
तर सत्य हाे 
उभिण्डिएर पाेखिएकाे माया 
कहिल्यै भरिन सकेन 
हरेक यादमा 
चुहिरहन्छ तप्लक तप्लक

चिन्ता सधैँ बढाइरहन्छ
फन्दामा परेर पनि कसिएन किलकिले 
घटेन यादकाे चुराेमा असन्तुष्टि

बिझेकाे काँडा जस्तै
नचाहदा नचाहदै चसक्क घोचिहाल्छ अतित

यादकाे हताैडाे नै त हाे
ठाेकिहाल्छ छातीमा 
झसगं फर्किएर हेर्छन राता आँखा 
शुन्य पदचाप 

लेखिएका शब्दमा 
विरह र तिम्रो स्वरूप कै वर्णन हुन्छ  
खुर्सानी जस्ताे  अतीतलाई सम्झिदा
आँखाले पाेखिहाल्छ

परेलीमा थुनिएर 
काखमा घाेप्टिन्छन् आँखा
तर
घोप्टिदैन मन 
चिथाेर्छ केबल मस्तिष्कलाई  
टाेक्छ
गाेमन सर्पले जस्ताे कलेजाे

तिरस्कार गर्न सकिदैन पाहुना जस्तै खुसी 
आउछ  जान्छ    
परन्तु सिसाजस्तै  टुट्छ मन 
यादकाे अतुलनीय पीडा बिझेपछि
पत्थरजस्तै खाँदिएर दिलमा
खील बस्छ । 


Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

DNIG द्वारा आयोजित साईग्रेस वर्ड टुर कार्यक्रम सिर्जनात्मकता र व्यवस्थापनको उत्कृष्ट उदाहरण सहित सम्पन्न।