एक गजल :- छोरो परदेशमा बेखबर हुँदा आमा रुदै भन्छिन् सरकार मलाई छोराको श्वास या लास चाहिन्छ।
जिन्दगीमा बाँच्न पनि ठूलो अभ्यास चाहिन्छ।
अनि ढुकढुकिमा स्वतन्त्रताको श्वास चाहिन्छ।
मै हु भनेर आज मपाईको अहम् नबोक्नु छोरी
जिउन त सबैलाइ गास ,बास ,कपास चाहिन्छ ।
महलमा बस्ने लाई दु:ख,अभाब ,पीडा के थाहा
सबै बुझाउन सडकमा एकरात बास चाहिन्छ ।
छोरो परदेशमा बेखबर हुँदा आमा रुदै भन्छिन्
सरकार मलाई छोराको श्वास या लास चाहिन्छ।
देश दुखेको कथाहरु कयौ भैसके माननिय ज्यू!
यो घडिमा लेख्न रगतको मसी खास चाहिन्छ।
पबित्रा थापा मगर
नवलपुर।

खुब मन छोयो दिदी! अति सुन्दर शब्दसंयोजन!
ReplyDelete