लघुकथा :धर्म ! मन्दिरमा जाँदा नि के ठुटै बुचै , केही नभाको जस्तो गरि जानु हो ? दुनियाँले नि हेप्छ ।´´


                                                 लता केसी - काठमाडौं 

ढोका ढक् ढक् गरेको आवाज  आयो । रमाले मुलढोका खोलिन्। "ए,  बैनीहरु पो ? आउनुहोस् न, "छिमेकी बैनीहरुलाई स्वागत गर्दै भनिन् ।
"आज साउनको अन्तिम सोमबार , सबै मिलेर शिव दर्शन गर्न  मन्दिर जाऔँ न ," भन्न  आएका नि दिदी ! 

"मलाई मन्दिर , देवता पूजा र भोको बस्ने व्रतमा विश्वास छैन । तपाइहरु जानुस् न , उनले  प्रतिवाद जनाइन् ।
" कस्तो धर्म बिरोधी कुरा गरेको तपाइले " ? मनुले छेड हानिन् ।  

सबैको जिद्दीले उनी जान तयार भइन् ।तर  साधा पहिरनमा निस्कन खोजेको देखेर मनुले भनिन् -" दिदी ! हरियो चुरा , हरियै लुगा अनि  गरगहना नि लाउनु न ! यी हामी सबैले लगाएका छौँ त !  मन्दिरमा जाँदा नि के ठुटै बुचै , केही नभाको जस्तो गरि जानु हो ? दुनियाँले नि हेप्छ ।" 

सबै बैनीहरु मन्दिरभित्र लाइनमा बसे । रमा मन्दिर परिसर नियाल्न थालिन् । एउटी बुढी आमा बिरामी देखेर सेवामा जुटिन् । ससाना बालकहरु  भोकले आत्तिएर खाना मागिरहेका थिए । पाउरोटी किनेर बाढदै थिइन् । उत्ति नै खेर लाइनमा बसेकी मनु बेहोस भइन् । हत्त न पत्त त्यही उपस्थित एउटा भक्तको गाडीको व्यवस्था गरेर अस्पताल पुर्याइन् ।  रक्त अल्पता भएको थियो ।  भोको बसेको कारणले लडेकी रहिछन् भन्ने कुरो डाक्टरले बताए । औषधि किनेर ट्याक्सीमा हालेर घर पुर्याइन् । केही बनाएर खान दिइन् । 

अब  म घर जान्छु । राम्रोसँग बस । आराम गर ल बैनी ! रमाले आत्मीयता देखाउँदै भनिन् । 
दिदी , मलाई माफ गरिदिनुस् ल ! मैले बल्ल बुझेँ - "धर्मको आशय र गर्ने तरिका !"

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न