बिम्ब कविता
लक्ष्मी जाेशी श्रेष्ठ
विराटनगर
*आत्मिय
आफन्त संग
छुटिृनु पर्ने रहेछ,
अवश्य पनि एकदिन त।
*आकाशमा
कालाे बादल
मडारियाे,बेग हान्दै
बर्षाकाे याम,रसिलाे धरती।
*सपनाहरु
उसले देखेका
पूरा हुन नपाउँदै
बिलाउँदै गए,मधुरा,अधुरा।
*धेरै
टाढा सम्म
जिन्दगीकाे यात्रामा हामी
जानू छ,निरन्तर हिँडेरै।

Comments
Post a Comment