हाइकु हाइकु हाइकु

 

 
डा. लेख प्रसाद निरौला 
मनको गहिराइ
सत्यको नजिक हुन्छ
त्यसैमा विश्वास

जीवनको व्याख्या
अनुभवीले गर्छ
सबैले कहाँ !

मौकाको फाइदा
जसरी पनि लिन्छ
स्वार्थी दुनियाँ ।

सम्पत्तिको धुन
परिवारको बिचल्ली
पैसा न सन्तान ।

सन्दृष्टि आफ्नै
आध्यात्मिक चिन्तन
जीवन यात्रा!

सुन्दर मन
सुललित मुस्कान
स्निग्ध मित्रता ।

एकाग्र चित्त
सांसारिक निषेध
दुःख उन्मुक्ति ।

ज्ञानको खोजी
भित्री चेतको प्रभाव
सुखी जीवन ।

पर्याप्त चेष्टा
सन्तुष्टिको आधार
मनको सोच ।

१०
सदाचारिता
सज्जनको इज्जत
सबैमा हुन्न ।

११
सङ्कल्प हाम्रो
समृद्ध नेपालको
भित्री हृदय ।

१२
कर्मठ व्यक्ति
कर्मकै दिनचर्या
फुर्सद कहाँ?

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न