स्वर्गकी अप्सरा झैं तिमी नजर पाउन सारै गाह्रो तिमी प्रतिमूर्ति बन्यौ म बिम्ब बनि झलक दिए ।

 

शुक्रराज कुंवर 

गजल                            

तिमी फूल बन्यौ म सुवास बनि महक दिए 

तिमी जुन बन्य‍ौ म प्रकाश बनि चहक दिए ।

फक्रेको फूल झैं तिमी हिरा मोती चम्के सरी

तिमी सुन बन्यौ म अाभूषण बनि टहक दिए ।


सङ्गितको तान झैं तिमी सुर तालमा रमाई रह्यौ

तिमी धुन बन्यौ म झङ्कार बनि मोहक दिए ।


सिमलको भुवा झैं तिमी फुर्र फुर्र उडन खेज्यौ

तिमी पङ्ख बन्यौ म सहारा बनि गहक दिए ।


स्वर्गकी अप्सरा झैं तिमी नजर पाउन सारै गाह्रो

तिमी प्रतिमूर्ति बन्यौ म बिम्ब बनि झलक दिए ।








Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न