भ्रष्टाचारको काण्डै काण्डले नै बबाल भएपछि । देशमा सबै दुःखी छन् नेताहरु दलाल भएपछी।
गजल
भ्रष्टाचारको काण्डै काण्डले नै बबाल भएपछि ।
देशमा सबै दुःखी छन् नेताहरु दलाल भएपछी।
देशभक्तिको दमदार भाषण गर्नु भो त नेताज्यु !
हजुर आफै राष्टियता बेची मालामाल भएपछी।
छिमेकिले देशको सिमा मिच्दा के अचम्म मान्नु
यहाँ यस्तै हुन्छ, सिँहदरबारमा स्याल भएपछी।
बर्षौ पछि मात्र छोरालाइ आमाको याद आयो
आज प्रेमिका संग बिछोडमा बेहाल भएपछि।
सरकार !छोरिलाइ गर्भमै हत्या गरेको हुँ मैले
समाजमा ब्याप्त दाइजोकै सवाल भएपछी।।
पबित्रा थापा मगर
कावासोति

Comments
Post a Comment