ताजमहल बन्छ भने हाम्रो प्रेमनिशानीको म त्यो ईट्टा भट्टा मा मुटु दिन सक्छु

 गजल  


फिर्ता  त्यही  बट्टा मा  मुटु  दिन  सक्छु

तिम्रो गुलाफको सट्टा मा मुटु दिन सक्छु


माया कती गर्छौ भनि नजिस्क्याउ मलाई

कुनै दिन  ठट्टै ठट्टा  मा मुटु दिन सक्छु


तिम्रा हात  का  स्पर्श  गराई रहन्छौ  भने

खेल्न  तिम्लाई  गट्टा मा मुटु दिन सक्छु


जुन दिन मेरो दिल बाट अवकाश लिन्छौ

तिम्लाई पेन्सन पट्टा मा मुटु दिन सक्छु


ताजमहल बन्छ भने हाम्रो प्रेमनिशानीको

म त्यो  ईट्टा भट्टा  मा  मुटु  दिन सक्छु 


नुहांउदा  तिम्रो  पिना मा नै  बसाउने गरि

त्यो तोरी  पेल्ने घट्टा मा मुटु दिन सक्छु 


उज्ज्वल उजागर गौतम

चावहिल काठमाडौं

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

DNIG द्वारा आयोजित साईग्रेस वर्ड टुर कार्यक्रम सिर्जनात्मकता र व्यवस्थापनको उत्कृष्ट उदाहरण सहित सम्पन्न।