१० हाइकु
भकारीका छेउमा
भोकको ज्वाला !
२.सीमसारमा
अड्किएको पैताला
ढोडको लौरो !
३.कुशुमविच
पवनको झोँक्काले
मीठो सुशेली !
४.धोद्रियो हाँगो
महामारी प्रकोप
मलिन मुना !
५.प्रिय गोधुलि
सपनाको बाडुली
क्षितिज नाग्दै !
६.धराप सिँडि
ग्वालगेडिका पीडा झैँ
खुम्चियो मान्छे !
७.लालुपातेमा
प्रतिबिम्वित किरण
मोहिनी छायाँ !
८.सुनौलो गाउँ
खहरेको प्रकोप
अनिँदो मन !
९.किसानी इच्छा
जोगाएको समय
कालिपोके पो !
१०.बोधिबृक्षमा
गीद्धको आक्रमण
च्वास्स क्रन्दन !
साभार -प्रकाशित प्रिय हिमालबाट
हेमसागर पोखरेल
खोटाङ -खार्पा ,हाल बिराटनगगर-३

Dhanyabad !!!prakashak Gitarani balaljyulai Haiku Bidhale aashraya pai prakshan garidinu bhaechh.
ReplyDelete