एक गजल :- जताततै महङ्गी र भ्रष्टाचारको बिग बिगी छ गरीबको जिन्दगी बाँच्न सधैं हाहाकार पर्यो।

 लकडाउनको महङ्गीले गरिबीलाई मार  पर्यो 

हुनेलाई त के फरक भो  नहुनेलाई भार पर्यो।


जताततै महङ्गी र भ्रष्टाचारको बिग बिगी छ

गरीबको जिन्दगी बाँच्न सधैं हाहाकार पर्यो।


भन्नलाई त जनताकै सेवा गर्छु भन्थे तर यहाँ 

नेतृत्व लिइ उठ्ने ठुलाबडाहरु लाचार  पर्यो।


बाढीपहिरो आउदा त्यस्तै माहामारीमा त्यस्तै

जनतालाई लुट्ने घटना देशमा बारम्बार पर्यो।


बिकास र उन्नतिको नाममा बजेट छुट्ट्याई

नेताज्यूलाई ठूलो कमिसनको उपहार पर्यो।


अम्बि बिरकट्टा मगर 

देबचुली नगरपालीका  ९

नवलपुर

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न