प्रेमिल झर-१०





१.मुटुकाे टुक्रामा मायाँ लागेता पनि,
   मुटुमै टाँसेर राख्नु मिल्दैन हाेला नि।

२.अात्मियता बिनाकाे प्रेमकाे रसवरी,
   नुन नहालेकाे अलिनाे खल्लाे तरकारी।

३.प्रेममा काेही पनि मालिक हुँदैन दास हुन्छ,
    प्रेम्री प्रेमिकाकाे,प्रेमिका प्रेम्रीकाे दास हुन्छ।

४.प्रेम गर्नकाे लागि एकान्त ठाउँ चाहिन्छ,
    अाकाश,जुन र ताराहरु देखिनु पर्दछ।

५.प्रेम के,कसरी,कहाँबाट सुरु हुन्छ,
   फेरि कहाँ गएर त्यसकाे अन्त्य हुन्छ।

६.प्रेममा लाेग्ने मान्छे स्त्रीकाे अगाडि बालक जस्ता,
    प्रेममा स्त्री लाेग्ने मान्छेकाे अगाडि अामा जस्ता।

७.बैंसमा सलाई काेरे पछि मनभित्र अागाे बल्छ,
   बलेकाे अागाे जाेगिएर राम्राे संग ताप्न जान्नु पर्दछ।

८.प्रेममा पार्न मान्छेले ताजमहल खडा गरि दिन्छन्,
    प्रेममा पारि सके पछि साेच र लक्ष्य बद्लि दिन्छन्
   

९.याे दुनियाँमा साँचाे प्रेमकाे परिभाषा के हाे?
   यत्ता र उत्ता बनाउन सक्ने पनि सवाल छ हाे।

१०.मायाँ,प्रेममा कुनै पनि बन्धन हुँदैन भनिन्छ,
      सामाजिक बन्धनले त सबैलाई राेकि दिन्छ।

लक्ष्मी जाेशी श्रेष्ठ
विराटनगर।

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न