suman Gyawali - घाटी हेरी हाड निल्नु लाखै छाेयाे सुनले घरका जहान मख्ख परुन तिम्राे गुनले

 

(याे सालकाे तिजमा घरै मनाउनु)


दिदी बहिनी याे सालमा आफनै घर बसेहै

लडन पर्छ काेभिड संग कम्मर कसे है


भिनाजू र ज्वाई संग अहिले तीज मनाउनु

खानेकुरा    मिठा   मिठा   तेतै बनाउनु


फाेन गरिन लाेकचार पार्न मलाई आउदैन

याे बर्षकाे चाड बाडमा  आउन  पाईदैन


याे बर्ष त नयाँ साढीघरमै बसि लाउने हाे

बाच्याै भने अर्काे साल  माईत आउने हाे


 म्यासेन्जरमा बाेलम भने मन धर्केला भनेर

बस चेली अर्काे   सालकाे   दिन    गनेर


धेरै चिल्लाे नखाए है पेसर सुगर बढ्दछ

ब्यापारीकाे बहि खातामा हिसाब चढ्दछ


घाटी हेरी हाड निल्नु लाखै छाेयाे सुनले

घरका जहान मख्ख परुन तिम्राे गुनले


याे साललाई यस्तै भयाे अर्काे साल आउला नी

दर खाउला  रमाउला   गित  गाउला नी


याे राेगले चेलीलाई माईति टाढा गरायाे

पीडा र    बेदनाले    मुटु     चहरायाे


परिवारमा बस्दापनि दुरि कायम गराए

राेग सर्ला बाहिर तिर  हिडन डराए


काेर्काे लाउनु मुखमा सधै बेसरी कसेर

याे तीजमा   रमाए है    घरै बसेर


क्रिम पाउडर भन्दा बरु स्यानिटाईजर लगाए

दु ख   देला        भाईरसले      टाढै भगाए


भन्ने कुरा धेरै थिए मेराे गला राेकिए

लाै त अब याे मनका शब्द सकिए

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

DNIG द्वारा आयोजित साईग्रेस वर्ड टुर कार्यक्रम सिर्जनात्मकता र व्यवस्थापनको उत्कृष्ट उदाहरण सहित सम्पन्न।