बहु आयामिक व्यक्तित्व भुवन शिवाकाेटी चाैघरेका का एक साथ ४ कृति बिमाेचन

 


कृति बिमोचन 

साहित्यका अधिकांश बिधामा कलम चलाउने बहुप्रतिभाशाली व्यक्तित्व गीतकार , संगीतकार  एवम् गायक भुवन शिवाकाेटी “चाैघरे”  का एकल शब्द संगीत गायनका तीन गीति एल्बम क्रमश: (१) राष्ट्रिय गीत छातीमा देश बाेक्नेहरू,(एरेन्जर सुरेस शाहि}(२)एक धर्काे सिन्दूरमा साँटिने याे जिन्दगी के छ रगायिका गंगा कार्की (एरेन्जर राम कार्की)(३)मेराे हजुरलाई दाेहाेरी गीत  गायन भुवन शिवाकाेटी “चाैघरे” र गंगा कार्की ( एरेन्जर लालकाजि श्रेष्ठ) र भुवन शिवाकाेटी “चाैघरे” काे साताैं प्रकाशित कृति छरिएका पाइला लघु विधाकाे हाइकु संग्रहकाे साहित्य बाटिका नेपालकाे जुम मार्फत भुवन शिवाकाेटी चाैघरेकाे एकल सिर्जनाताे राष्ट्रिय गीत छातीमा देश बाेक्नेहरूकाे अडियाे सुनाएर भाद्र ०९ /२०७७ का दिन विश्वव्यापि रूपमा  लाेकार्पण गरिएकाे छ।


वांगमय प्रतिष्ठानका अध्यक्ष राम प्रसाद पन्तज्युकोअध्यक्षता तथा  नेपाली  हाइकु लेखनका अग्रज ब्यक्तित्व पुष्कर लाेहनी छरिएका पाइला हाइकु संग्रहका परिचर्चाकार डा. शैलेन्दु प्रकाश ज्युको  आतिथ्यतामा  भएको उक्त कार्यक्रममा अग्रज साहित्यकारहरू क्रमश:  डा. घनश्याम परिश्रमी, कलानिधी दाहाल , ठाकुर शर्मा भन्डारी, डा. यज्ञश्वर निराैला, डा. प्रदिप मैनाली, गायक एवं संगीतकार राम कार्कीले चाैघरे द्वारा लिखित हाइकु संग्रह तथा गीतकाे अडियाे लाेकार्पण गरिएका पछि गीत संगीत र गायनकाे प्रंशसा गर्नु भएकाे थियाे । साहित्कारहरू  क्रमश : टिएन भट्ट बिश्वामित्र, अनुराग अरुण, रुद्र अधिकारी, रविन्द्र आशिस शैली, दुर्गा अधिकारी भ्रमरकाेटे, देवकी तिमल्सिना समिक्षा, गायिका गंगा कार्की, पुस्तक प्रकाशक तथा गीति एल्वम निर्माता सुनिता शिवाकाेटी ले शुभकामना मनतव्य दिनु भएकाे थियाे । विश्वव्यापि रुपमा सामाजिक संजाल जुम मार्फत सम्पन्न भएको थियोे ।  करिव २.३० घन्टासम्म संचालन भएकाे साे कार्यक्रम सर्जक चाैघरेका गीति शब्द संगीत र गायनले धरै आकर्षक बनाएका थिए ।साहित्य र गीत संगीतकाे बारेमा सर्जक भुवन शिवाकाेटी “चाैघरे” ले अफ्ना सारगर्भित मनतब्य राख्नु भए पश्चात अन्तमा सभापति राम प्रसाद पन्तले पुस्तक तथा बहुप्रतिभाशाली सर्जक चाैघरकाे व्यक्तित्व परिचर्चा गर्दै पुस्तकमा संग्रहित केही हाइकु वाचन गरेर कार्यक्रम समाप्त भएकाे घाेषणा गर्नु भएकाे थियाे ।  यस कृति बिमोचन  कार्यक्रममा करिव ५१०० साहित्यकार साहित्यानुरागी दर्शक श्राेता सामाजिक संजाल मार्फत जाेडिनु भएको थियो भने  कार्यक्रमको संचालन  कुशल प्रस्ताेता एवं साहित्यकार बलराम दाहाल तथा भैरवी भूगाेलले  गर्नु भएकाे थियाे ।


संग्रहका केही हाइकुहरू


उधार्छ आँखा

हिमचुली वदन

सर्वागं तिम्राे


हेर भागेर

परेली नै जाेडेर 

थुन्या छु प्रिय


अमुल्य रस

दुई थाेपा खसेर

माया निख्रिन्न


हेर ! सुमन 

उत्तर आकाशमा

जाेडिए तारा


आगाेकाे ज्वाला

मुटु छिचोल्ने याद

लुकाऊँ कहाँ


रित्ताे खल्तीमा

भरिएकाे संझना

हेर्ने रहर


आँगन छेउ

परेवाले सिकायाे 

प्रणयलिला


कत्राे हतार

फूल चुँडेर भाग्छन् 

हुरी बतास


औंसीकाे रात 

प्रेमकाे आँगनमा 

राेपियाे जून


हिँउकाे पानी 

नसम्झ कमजाेर

नेपाली मुटु


राती फक्रियाे

पारीजातकाे फूल 

बिहानै झर्याेक





Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न