सधैं बेरोजगारी बनेर कति बस्छौ गाई बाख्रा पाले पनि यहाँ दाम छ
गजल
प्रदेशिने नेपालीको लाम छ
ठाउँ साघुँरो भएकोले जाम छ
भोकै मर्नेहरू देख्दैनन् कोही
नेतालाई भ्रष्टाचार गर्ने काम छ
भाग्य खोज्न मन्दिर जानु पर्दैन
दिन दुखीको सेवा गरे नाम छ
सधैं बेरोजगारी बनेर कति बस्छौ
गाई बाख्रा पाले पनि यहाँ दाम छ
सेवा गर्छौं भन्दै बाहिर देखा पर्छन्
राहतमा पनि भष्ट्राचार खुलेआम छ
✍️विमल खरेल

Comments
Post a Comment