जिन्दगी तड्पी तड्पी चलिरहन्छ तिम्रो लागि दिन रात यो मन् मुटु जलिरहन्छ तिम्रो लागि
मलाई देख्दा उता फर्किन लाग्यौ त म के गरुँ
मेरो दुःख देखे पछि तर्किन लाग्यौ त म के गरूँ
पहिले मलाई चोट लाग्दा तिमीलाई दुख्ने मान्छे
अहिले घाउमा नुन छर्किन लाग्यौ त म के गरूँ?
जिन्दगी तड्पी तड्पी चलिरहन्छ तिम्रो लागि
दिन रात यो मन् मुटु जलिरहन्छ तिम्रो लागि
तिमी मलाई माया गर्न छोडिस भनिरन्छौं किन?
मेरो यो शिरमा आगो बलिरहन्छ तिम्रो लागि
दुई दिनमा फुक्ने नाता कस्दिन भनेर हो
नकारात्मक कुराको बीचमा फस्दिन भनेर हो
मलाई कता गयो भनेर सहरमा नखोज्नु आमा
म गाउँ पसेको त्यो सहरमा बस्दिन भनेर हो
लिन पनि आउँदैन काल किन होला?
जति गरे पनि उस्तै चाल किन होला?
केही गरे पनि अगाडि बढ्न सकिएन
जो बसेर खान्छ उही मालामाल किन होला?
बिमल खरेल
बागलुङ

Comments
Post a Comment