पिताको जस्तै छवि भएका छवि नेपाल सर ।


नवीन औद्योगिक स्कुल बाट कक्षा पाँचको जिल्ला स्तरीय परीक्षा पास गरेपछि आमाले  कालिका मा. वि. नै उचित छ भन्दै मलाई नयाँ स्कुलमा भर्ना गरिदिनु भयो । विद्यालय शिक्षक र सहपाठी साथीहरू कस्ता होलान् ? भन्ने चिन्ता लाग्यो । 

नयाँ विद्यालयमा पढ्न जाने अवसर र चुनाैतीसँगै पीडा नि उस्तै भाे मलाई । कारण  नवीन अाैद्योगिक स्कुल छाेड्न पटक्कै मन थिएन । सबै शिक्षक शिक्षिकाकाे प्यारी थिएँ ।

 सबैले माया त पाएकै हुन्छन् नवीन औद्योगिक  विद्यालयमा तर माधव पाण्डे सर ,कमला मेडम र कुसुम मेडमकाे समिप्यता छुट्ने हुँदा मलाई बढी पीडा महशुस भएको थियो ।पछि सबै साथीहरू त्यहीँ पढ्ने भयौं र मन ढुक्क भयो । 

कालिका मा. वि.मा पहिलो दिन छवि नेपाल सरलेविद्यार्थीलाई तपाईंहरू भनेर  सम्बाेधन गर्दा   खुशीले फुरूङ्ग र अचम्म महशुस गरेकी थिएँ  ।मनमनै  कतै हामीलाई तह लगाउने कुटनैतिक तवर हाे कि भनेर । तर उहाँ सधैं प्रत्येक विद्यार्थीलाई तपाईं भनेर सम्बाेधन गरेर बाेलाउनु हुन्थ्यो । त्यसपछि मनमा रहेको जिज्ञासा तत्काल मेटियाे । उहाँको पढाउने शैली अत्यन्तै व्यवहारिक र अभ्यास पुर्ण खालको थियो । उहाँले पढाउनु भएको कार्यालय संचालन तथा लेखा विषय म ध्यान पुर्वक पढ्थेँ । खातामा हिसाब राख्न, कार्यालय व्यवस्थापनमा निजी सचिव/ कार्यालय सचिवले गर्नुपर्ने कामहरू सबै अहिले पनि मनमस्तिष्कमा ताजै भए झैं लाग्छन् ।

नगर प्रमुखको निजी सचिवालयमा मलाई  जिम्मेवारी दिएपछि कसरी काम गर्ने ?सेवाग्राहीलाई कसरी शान्त बनाउने जस्ता कुराहरू दैनिक सम्पादनमा सहज भए ।यति मात्र नभएर उहाँ बुटवल उपमहानगरपालिकाकाे नगर शिक्षा याेजना निर्माण कार्यदलकाे संयाेजकका रूपमा जिम्मेवारी वहन गरिरहँदा अझै साक्षात्कार हुने अवसर जुरेको थियो। विगतमा मलाई सरले नै पढाएको कुरा गर्दा खुशीले सरको अनुहारमा कान्ति छाएको प्रष्ट देखिन्थ्यो ।उहाँले मलाई छाेरीलाई जस्तै माया गर्नुहुन्थ्यो । आइपरेका समस्या समाधानका लागि संधै धैर्य भइ निर्णय लिन सल्लाह सुझाव दिने गर्नुहुन्थ्यो ।मैले अामाकाे नाममा अक्षयकोष स्थापना गर्न चाहेको कुरा गरेपछि उहाँले अाफ्नाे माहिलो छाेरा राेशन नेपालकाे नाममा रहेको राेशन स्मृति प्रतिष्ठानकाे सबै कागजातहरू प्रकाशित सामग्रीहरू सहित ठुलो सहयोग गर्नुभएको थियो । 

 मेरो स्वास्थ्य समस्याको कारण काठमाडौं गएको समयमा सरले  थाहा पाउनु भएर मेरो स्वास्थय प्रति चासो र चिन्ता व्यक्त गर्दै अति चिन्तित मुद्रामा भन्नू भएको थियो "जुन ठाउँमा परीक्षण गरेकि छ्यौ  त्यो ठाउँ स्वास्थ्य उपचारको लागि नेपालकाे सबैभन्दा राम्रो ठाउँ हाे " उहाँ एकपटक कामको सिलसिलामा तत्कालीन शिक्षा सचिव खगेन्द्र बराल ज्युसँग भेट्न जाँदा खगेन्द्र बराल सरले मेरोबारेमा साेधपुछ गर्दा निकै खुशी लाग्यो भनेर काठमाडौंबाट फर्के पछि भेटेर भन्नुभएको थियो ।  अाफ्ना विद्यार्थीले गरेको कामप्रति सबै शिक्षक खुशी हुनु स्वभाविक हाे । म केही बाेलिन सरकाे अनुहारमा खुशी देखेर म खुशी भएँ ।


बैशाख महिनाको शनिबारकाे दिन कालिका मा.वि.मा अध्ययन गरेका सहपाठी साथीहरू वनवाटिकामा भेटघाट गरियो । हामीले खिचेको तस्बिर फेसबुकमा राखेका थियौं ।भोलिपल्ट अाईतबार छवि नेपाल सरसँग भेट भयो  । सरले धन कुमारी तिमीहरू त्यसरी भेटघाट गरेकोमा खुशी लाग्यो । मेरा विद्यार्थी त मेरा सन्तति जस्तै लाग्छन् उनीहरूसँग भेट्ने रहर मलाई नि थियो तर मलाई किन भुल्याै ? मलाई खबर गरेको भए म अाउँथे । 

"सरको कुराले मनमा पश्चाताप लाग्यो र  सरसँग क्षमा मागेर बाचा गर्दै  सर अाउने मङ्सिरमा सबै साथीहरू पुनः भेट्न अाउँदा हजुरहरू सबैलाई अवश्य बाेलाउछु । तर अब मैले चाहेर पनि कहिल्यै वाचा पुरा गर्न सक्दैन । पिताको जस्तै छवि भएका छवि नेपाल सरलाई हामीले सदाका लागि गुमायाै । म एउटा विद्यार्थी मात्र हाेईन । उहाँले शिक्षा प्रदान गरेका सबै विद्यार्थीका नयन रसाएका छन् । हामीले शिक्षा क्षेत्रका पिता गुमाएका छाै । याे भन्दा अझै बज्रपात सावित्रा नेपाल मेडमलाई भएकाे छ । विगतमा छाेरा गुमाएको पीडा सकिन नपाउदै छवि सरकाे गम्भीर स्वास्थ समस्यासँग जुध्नु भयो । समय बलवान् रहेछ उहाँको उपचार  त्यो समय सफल भयो । तर नियतिले सधैं झैँ फेरि राम्रो मान्छे खाेसेर लग्यो ।  पिडा माथि पिडाकाे अग्निज्वालामा कदम राख्न सहास मिलाेस । पिताको जस्तै छवि भएको छवि नेपाल सर प्रति श्रध्दासुमन व्यक्त गर्दै याे शाेककाे घडीमा शाेकलाई शक्तिमा बदल्ने साहस मिलाेस परिवारजनमा गहिरो समवेदना ।


धन कुमारी अर्याल 

पुर्व विद्यार्थी 

कालिका मा. वि.

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न