स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्ण मगर हरुमा ३९औं मगर स्थापना दिबसको अवसरमा एकता, भातृत्व , र प्रगतिका साथै सु स्ववास्थ एवम् दिर्घघायुको हार्दिक शुुभकामना ।
नेपाल बलाल मगर समाज केन्द्रीय समितिको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशन आज माघ १९ गते शनिबार तिलोत्तमा १५ कोटिहवा स्थित मगर सभाहलमा भव्यताका साथ सम्पन्न गरिएको छ। देशका विभिन्न भु भागमा छरिएर रहेका बलाल कुल वंशको सामाजिक "एकता ,भातृत्व र प्रगतिको" मुलभुत उद्देश्यले २०७६ सालमा बौद्धिक सामाजिक व्यक्तित्त्व पुर्व ए.आइ.जि डा गोबिन्द प्रसाद बलाल थापाको पहलमा श्री गीता रानी बलाल थापाको नेतृत्वमा पहिलो केन्द्रीय समितिको पदस्थापना गरिएको थियो । संस्थाका अध्यक्ष श्री गीतारानी बलाल थापाको अध्यक्षतामा भएको पाँचौ साधारणसभा तथा दोस्रो अधिबेशनले बलालहरुको पुर्खयौली उद्गम स्थल दिब्रुङ दह तराई गुल्मीका सफल मार्बल व्याव्सायी श्री टेक बहादुर बलाल मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। संस्थाका परिकल्पनाकार बौद्धिक सामाजिक व्यक्तित्त्व डा गोविन्द बलाल थापाको प्रमुख आतिथ्यता , महिला उद्यमशिलताका प्रेरणादायी बौद्धिक समाजिक व्यक्तित्त्व सामुदायिक विकास केन्द्र तिखेदेवल ललितपुरका संस्थापक अध्यक्ष श्री विश्नुमति बलालको विशिष्ट आतिथ्यता , दिब्रुङ दह तराई बलाल परिवारका ...
बुटवल, असोज २४, २०८२ (शुक्रबार) वीरगाथा बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १६औँ साधारणसभाका लागि शुक्रबार शेयर सदस्यहरूसँग सल्लाह–सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा १०६ जना शेयर सदस्यले सार्थक सहभागिता जनाएका थिए। कार्यक्रम संस्थाका अध्यक्ष श्री राज बहादुर थापाको अध्यक्षतामा कर्नल बि. बि. रेश्मी मगर प्रमुख आतिथ्यता भसल्लाहकार प्रकाशमान केसी र सहविर थापा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। संस्थाका व्यवस्थापक प्रमुख श्री चन्द्रबहादुर रानाले प्रस्तावित प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा संस्थाका पूर्व पदाधिकारीहरू तथा अन्य शेयर सदस्यहरूले विविध विषयमा छलफल गरेका थिए। संस्थाले स्थापना कालदेखि नै आफ्ना शेयर सदस्यहरूबाट लिखित तथा मौखिक रूपमा सल्लाह–सुझाव संकलन गर्दै आएको छ। सहकारी ऐन, विधान र नियामक निर्देशिकाअनुसार संस्थालाई पारदर्शी र सुव्यवस्थित रूपमा सञ्चालन गर्ने परम्परा यस सहकारीमा स्थापित छ। कार्यक्रममा राष्ट्रीय सहकारी नियामकीय प्राधिकरण (NCRA) द्वारा जारी नियामकीय मापदण्ड २०८२ को बारेमा विशेष छलफल भएको थियो । कार्यक्रमको स्वागत मन्तव...
दुबई, यूएई – दुबई नेपालिज इन्फ्लुएन्सियल ग्रुप (DNIG) ले १२ जनवरी २०२४ मा दुबई स्थित एक प्रसिद्ध फाइभ स्टार होटेल डबल ट्रि बाइ हिल्टनमा आयोजना गरेको साईग्रेस वर्ड टुर कार्यक्रम भव्यता का साथ सम्पन्न भएको छ । यस इभेन्टले दुबईमा रहेका नेपाली समुदायलाई सिर्जनात्मकता र संगठनात्मक उत्कृष्टताको अद्भुत अनुभव प्रदान गर्यो। कार्यक्रमले उत्साहपूर्ण वातावरण र व्यवस्थित आयोजनले सबैलाई आकर्षित गर्न सफल रहयो। कार्यक्रममा सुरुदेखि नै DNIG टिमको व्यावसायिकता र समर्पण स्पष्ट देखिन्थ्यो। प्रत्येक चरण निकै रोचक तरिकाले संरचित र सहज रूपमा अघि बढाइएका थिए, जसले सहभागीहरूलाई मनोरञ्जन र उत्साह प्रदान गर्यो। कार्यक्रमको उत्कृष्ट तथा व्यव्स्थित बसाइ, साउण्ड सिस्टम, र भिजुअल इफेक्टको व्यवस्थाले कार्यक्रममा थप रौनकता ल्याउन सफल भएको थियो। यस सफल आयोजनामा आयोजक र स्वयंसेवकहरूको योगदान प्रशंसनीय रह्यो।उनीहरूले हरेक सहभागीहरुलाई न्यानो स्वागत सहित आतिथ्यताको व्यवस्थापनले कार्यक्रमलाई अझ सकारात्मक र समावेशी बनाउन सफल भयो। साईग्रेस कार्यक्रमले DNIG को सिर्जनात्मकता र व्यवस्थापकीय क्षमता म...
Nice
ReplyDeleteThank you sir .
ReplyDeleteThank you sir .
ReplyDelete