कार्यक्रम सफलता पछि हिराको धन्यवाद ज्ञापन
मेरो सम्पुर्ण मित्रहरु, आफन्त, अग्रज गुरुजन तथा विद्यार्थी वर्गहरुमा सप्रेम अभिभादन । जीवनको बाटोहरुमा हरेक सपनाहरु संगालियो । कति सपनाहरु पूरा भयो । कति सपनाहरु विलिन भए । कति सपनाहरु पूरा हुने क्रममै छन् । यो हरेक मानिसको जीवनभरी नै रहिराख्छ सपनाको आयामहरु । केहि समय अघि मेरो जीवनमा अकल्पनीय घटना घट्यो । त्यो घटनाले जीवनमा अनेक अनेक गोरेटोहरु निर्माण ग¥यो । त्यो कैयौ गोरेटोहरुमा मैले महत्वपुर्ण गोरेटो अंगाल्न कोशिश गरे । यहाँहरु कतिलाई थाहा छ, म केहि समय देखि फेशन डिजाइन उद्योगमा आफ्नो सक्रिय संलग्नता समेट्दै बुटवलमा हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टर नामको तालिम सञ्चालन गरिरहेको छु । ईश्वरको अनुग्रह र तपाईहरुको हौशलाको उपज आजसम्म मैले १०० भन्दा बढि विद्यार्थीहरु उत्पादन गर्ने मौका पाए । मेरा कैयौ विद्यार्थीहरु आज आफ्नै बुटिक सञ्चालन गर्दै आत्मनिर्भर भएको देख्दा गौरवान्ति अनुभूत गर्छु । यसैलाई निरन्तरता दिने क्रममा केहि ...