कार्यक्रम सफलता पछि हिराको धन्यवाद ज्ञापन

मेरो सम्पुर्ण मित्रहरु, आफन्त, अग्रज गुरुजन तथा विद्यार्थी वर्गहरुमा सप्रेम अभिभादन । 

जीवनको बाटोहरुमा हरेक सपनाहरु संगालियो । कति सपनाहरु पूरा भयो । कति सपनाहरु विलिन भए । कति सपनाहरु पूरा हुने क्रममै छन्  । यो हरेक मानिसको जीवनभरी नै रहिराख्छ सपनाको आयामहरु । 

केहि समय अघि मेरो जीवनमा अकल्पनीय घटना घट्यो । त्यो घटनाले जीवनमा अनेक अनेक गोरेटोहरु निर्माण ग¥यो । त्यो कैयौ गोरेटोहरुमा मैले महत्वपुर्ण गोरेटो अंगाल्न कोशिश गरे ।

                                     यहाँहरु कतिलाई थाहा छ, म केहि समय देखि फेशन डिजाइन उद्योगमा आफ्नो सक्रिय संलग्नता समेट्दै बुटवलमा हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टर नामको तालिम सञ्चालन गरिरहेको छु । 


 ईश्वरको अनुग्रह र तपाईहरुको हौशलाको उपज आजसम्म मैले १०० भन्दा बढि विद्यार्थीहरु उत्पादन गर्ने मौका पाए । मेरा कैयौ विद्यार्थीहरु आज आफ्नै बुटिक सञ्चालन गर्दै आत्मनिर्भर भएको देख्दा गौरवान्ति अनुभूत गर्छु । 

यसैलाई निरन्तरता दिने क्रममा केहि फरकपन गर्ने अभिप्राय लिएर द हिमांशु डिजाइनर रनवे २०२१ सिजन १ को कार्यक्रम आयोजना गर्ने परिकल्पना गरियो । 

        त्यहि परि  कल्पनालाई साकार पार्न कैयौ हातहरु यो कार्यक्रममा थपियो । म नामहरु लिइराख्दा केहि नाम छुट्ला । केहिको लिदा अन्य सहयोगी नामलाई अन्याय होला भन्ने डर म भित्र छ । 

त्यसकारण सबै सहयोगी हातहरु, आफ्नो सम्पुर्ण समय यो कार्यक्रमको लागि दिनुभएको हुनाले हृदय खोलेर एकमुष्ट धन्यवाद दिन चाहान्छु । 


                     कार्यक्रमको दौडानमा कति त्रुटीहरु भए । नयाँ र पहिलो भएको हुनाले कति कुराहरु अन्जानमा समेट्न सकिएन होला । विशेषतः यो कार्यक्रमको लागि स्पोन्सर गर्नु हुने आदरणीय व्यक्तित्व तथा व्यवसायी महानुभावहरु प्रति दश औला जोडी माफी माग्न चाहान्छु । यहाँहरु नहुनुभएको भए यो कार्यक्रम पुर्ण रुपमा सफल हुदैन थियो । आउने बर्षहरुमा तपाईको सहयोग निरन्तर पाइराख्नेछु । आशा निरन्तर छ । 

                  मेरो प्रिय विद्यार्थीहरु, प्रतिस्प्रधी  ज्यूहरुमा कतिको मन दुखाई, हृदयमा चोट यो कार्यक्रमले गर्दा भएको छ भने म यो कार्यक्रमको मुख्य भएको नाताले तपाईहरु संग पनि माफी चाहान्छु । प्रतिष्प्रधा हो हार र जीत भई रहन्छ । तर आफ्नो कर्ममा निरन्तर अघि बढ्दै प्रगति गर्न भने नचुक्नु होला । 

पुनः एक पटक यो कार्यक्रमको लागि विभिन्न पक्षबाट सहायता गर्नुहुने सबै सबैलाई आभार व्यक्त गर्दै यहाँहरुको प्रार्थना, सहयोग, सल्लाह, प्रतिक्रिया,  निरन्तर पाइराखु । 

यहाँहरुको सेवामा । 


हिरा पेग्नी तामाङ 

सञ्चालक, हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टर 

सिंह कम्प्लेक्स, बुटवल ।

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न