Posts

Showing posts from August, 2021

संघर्षशील महिलाको कथा

Image
  भारतको दिल्ली सहरमा यमुनाका दाइहरु रोजगारका निम्ति पुगेका थिए । यमुना पनि दाइहरुलाई भेट्न कुनै समय दिल्ली पुगेकी थिइन् । उनीहरु बस्ने डेरा नजिकै भारतीया महिलाहरु चुरा बनाउन सिकिरहेका देखिन्थे । यमुनालाई पनि चुरा बनाउने तरिका सिक्ने रहर थियो तर उनी नेपाली भएको कारण सिक्न पाइनन् । ती महिलाहरुले चुरा बनाइरहेको दृश्य झ्यालबाहिर घण्टौं उभिएर हेरि रहन्थिन् । खुट्टा थाकेर गलेपनि मन थाक्दैन थे रे !  सिक्छु भन्ने भावना गल्दैन थे रे !   जब  मनमा सिक्ने हुटहुटी हुन्छ तब हेरेर पनि सिक्न सिकिंदो रहेछ यमुना चापागाइँ भन्दैथिइन्–सुनेर,हेरेर अनि पछिल्लो समय चुराको काम गरेरै सिकें । चुराले मलाई उद्यमी बनायो । नयाँ पहिचान दियो ,परिचय दियो र सबैकाबीच यमुना भनेर चिनायो ।  यमुनाले यतिबेला रुपन्देहीको शुद्धोदन गाउँपालिकाको वडा नं. ४ फर्साटिकर, हाटबजार लाइनमा भगवती महिला चुरा उद्योग सञ्चालन गर्दै आएकी छिन् । दुई छोरीका आमा यमुनाकी कान्छी छोरीको न्वारानको नाम भगवती हो । उनैको नाममा भगवती महिला चुरा उद्योग नामाकरण गरिएको रहेछ ।  कान्छी छोरी भगवतीको नयाँ नाम वृक्षा भइसकेको छ ।...