प्रतिष्ठानको दोस्रो बैठक सम्पन्न

 



बुटवल उपमहानगरपालिकाद्वारा गठित भाषा,साहित्य,कला,संस्कृति प्रतिष्ठानको दोस्रो बैठक विविध विषयमा निर्णय गर्दै सोमवार बुटवलमा सम्पन्न भएको छ ।

असोज २ गते शनिवार विद्वत सभामा प्रतिष्ठानले बनाएको ऐनका सन्दर्भमा आफ्ना सदस्यहरुलाई अभिमुखीकरण र आर्थिक वर्ष २०७८/०७९ का लागि विद्वत परिषदले परिमार्जनसहित तयार पारेको वार्षिक कार्ययोजना निर्णायार्थ पेस गर्ने बैठकले निर्णय गरेको छ । 

त्यसैगरी बैठकले ऐनको दायरामा रही परिषदका सदस्य डाक्टर शालिकराम पौड्यालको संयोजकत्वमा पाँच सदस्यीय  भाषा,साहित्य तथा अनुसन्धान विभाग गठन गरेको छ । त्यसैगरी परिषदका सदस्य रामचन्द्र श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय संस्कृति तथा अनुसन्धान विभाग गठन भएको छ । कला तथा अनुसन्धान विभागको संयोजकमा बैठकले परिषदका सदस्य नारायणबहादुर थापालाई जिम्मा दिने निर्णय गरेको छ । 

बैठकले बुटवल क्षेत्रमा रहेर भाषा,साहित्य,कला,संस्कृतिको उन्नयनमा उल्लेखनीय योगदान दिने एकजना श्रष्टालाई पाण्डुलिपीका आधारमा अमर–उजिरसिंह पाण्डुलिपी पुरस्कार दिने निर्णय गरेको छ साथै यस क्षेत्रको समग्र विकासका निम्ति योगदान दिने एकजना श्रष्टालाई बटौली प्रज्ञा पुरस्कार दिने निर्णय गरेको छ । त्यसका लागि आवश्यक कार्यविधि बनाउने निर्णय समेत भएको छ । 

त्यसैगरी बैठकले यस क्षेत्रको भाषा,साहित्य,कला,संस्कृतिको अनुसन्धान गरी वार्षिक रुपमा बुटवल प्रज्ञा नामक जर्नल प्रकाशन गर्ने र श्रष्टाहरुको रचना संकलन गरी अर्धवार्षिक रुपमा बटौली सिर्जना नामक बुलेटीन प्रकाशन गर्ने निर्णय गरेको छ । तीनघण्टासम्म निरन्तर सञ्चालन भएको उक्त बैठकमा विद्वत परिषदका सदस्यहरुले आआफ्ना विचारहरु प्रस्तुत गरी सामुहिक एवम् साझा निर्णयमा पुगेका थिए । 

बैठकको सहजीकरण प्रतिष्ठानका सचिव दलबहादुर गुरुङले गरेका थिए भने अध्यक्षता प्रतिष्ठानका अध्यक्ष झपेन्द्रबहादुर जीसीले गरेका थिए । 

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न