शपथ ग्रहण सम्पन्न
साथै सिफारिस समितिका संयोजक,प्रतिष्ठानकी संरक्षक एवम् बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले बुटवलको भाषा,साहित्य,कला र संस्कृतिलाई संरक्षण गर्दै देशकै नमूना पालिका बनाउनका निम्ति प्रतिष्ठान कोसेढुंगो हुने बताइन् । प्रमुख प्रशासकीय अघिकृत शिवप्रसाद रेग्मी,वरिष्ठ अधिकृत भुवाप्रसाद लुईटेल लगायतले बुटवल क्षेत्रको भाषा,साहित्य,कला र संस्कृतिको विकासका निम्ति प्रतिष्ठानसँग रहेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
भाषा,साहित्य,कला,संस्कृति प्रतिष्ठान गठन गरी अघि बढेको र शपथ ग्रहण कार्यक्रम सम्पन्न गरेकोमा बुटवल उपमहानगरपालिकालाई हार्दिक धन्यवादज्ञापन गर्दै आर्थिक वर्ष २०७८÷२०७९ का निम्ति कार्ययोजना बनाउन अध्यक्षलाई जिम्मा दिइएको र अर्को बैठकमा छलफलका लागि पेश गर्न पहिलो बैठकले निर्णय गरेको छ ।
उक्त विद्वत परिषदमा उपाध्यक्ष लक्ष्मी गुरुङ,सचिव दलबहादुर गुरुङ,कोषाध्यक्ष सीता काफ्ले,सदस्यहरुमा डा.शालिकराम पौड्याल,चिरन बराल,चौतारेप्रसाद थारु,इन्दिरा अर्याल,बीरेन्द्र अग्रहरी, झबिन्द्र थापा,नारायण थापा,कपिल ज्ञवाली र रामचन्द्र श्रेष्ठ मनोनित भएका छन् । साथै ४६ जना विद्वत सभामा सदस्यहरु मनोनयन भइसकेका छन् भने बाँकी पाँच जना सदस्यहरु सभाले मनोनयन गर्ने व्यवस्था छ ।

Comments
Post a Comment