Posts

Showing posts from October, 2021

सिर्जनशील चित्रकला प्रदर्शनी सुरु

Image
बुटवल उपमहानगरपालिकाद्वारा गठित भाषा,साहित्य,कला,संस्कृति प्रतिष्ठान अन्तर्गत रहेकाे कला तथा अनुसन्धान विभागकाे संयाेजन,नेपाल ब्यवसायी कलाकार संघ,रुपन्देहीको सहयात्रामा बुटवलकाे न्यू ईरा हाेटलमा सिर्जनशील चित्रकला प्रदर्शनी आईतवारदेखि सुरु भएकाे छ । प्रदर्शनीकाे उद्घाटन गर्दै प्रमुख अतिथि प्रतिष्ठानका मुख्य संरक्षक एवम् बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले बुटवललाई साहित्य  ,कला र संस्कृतिकाे संगमस्थल बनाउने सपना उनेकाे बताए । साथै उनले बुटवललाई देशकै नमूना सहर बनाउनका निम्ति कलाकारहरुकाे विशेष महत्व रहने बताए ।  कार्यक्रमका विशिष्ट अतिथि,प्रतिष्ठानका संरक्षक एवम् बुटवल उपमहानगरपालिकाका उपप्रमुख गाेमादेवी आचार्यले कलाकारहरुकाे मर्मलाई उजागर गर्न र कलाकाे बजारीकरण गर्न सकेमा पक्कै पनि कलाकारहरु बाँच्ने आधार तयार हुन सक्ने बताउँदै आफ्नाे पालिकाले कलाकारहरुलाइ स्थानीय सरकारकाे अंगका रुपमा विकास गर्न प्रतिष्ठान बनाएकाे बताईन् । प्रदर्शनीमा ललितकलामा स्नातकोत्तर गरेकी कलाकार सुमित्रा राना,सुत्पराईले चित्रकला सम्बन्धि प्रिजन्टेसन गरेकी थिईन् । प्रदर्शनीका संयाेजक झबिन्द...

बुटवलमा एक दिवसीय तालीम सम्पन्न ।

Image
  नेपाल बलाल मगर परिवार,केन्द्रीय समितिकाे आयाेजनामा टीमबिल्डिङ्ग र संस्थागत विकास सम्बन्धि  एक दिवसीय तालिम बुटवलकाे मिमाेसा रेष्टुरेन्टमा शनिवार सम्पन्न भयाे ।  तालिममा टीम निर्माण,यसका आधारहरु,संस्थागत विकासका लागि आवश्यक तत्वहरु र नेतृत्व क्षमता अभिवृद्धिका विषयवस्तुका सन्दर्भमा सामाजिक उद्यमी दलबहादुर गुरुङले सहजीकरण गरेका थिए ।  तालिममा नेपाल बलाल मगर परिवार र पाैरखी महिला तालिम केन्द्रका कार्यसमिति सदस्यहरुकाे सार्थक सहभागिता रहेकाे थियाे । सहभागीहरुका तर्फबाट  बुद्धिबहादुर बलाल,सरिता थापा र गीतारानी बलालले तालिम फलदायी रहेकाे र आगामी दिनमा समेत क्षमता अभिवृद्धिका तालिमहरु आयाेजना गर्ने बताए।