बुटवलमा एक दिवसीय तालीम सम्पन्न ।
नेपाल बलाल मगर परिवार,केन्द्रीय समितिकाे आयाेजनामा टीमबिल्डिङ्ग र संस्थागत विकास सम्बन्धि एक दिवसीय तालिम बुटवलकाे मिमाेसा रेष्टुरेन्टमा शनिवार सम्पन्न भयाे ।
तालिममा टीम निर्माण,यसका आधारहरु,संस्थागत विकासका लागि आवश्यक तत्वहरु र नेतृत्व क्षमता अभिवृद्धिका विषयवस्तुका सन्दर्भमा सामाजिक उद्यमी दलबहादुर गुरुङले सहजीकरण गरेका थिए ।
तालिममा नेपाल बलाल मगर परिवार र पाैरखी महिला तालिम केन्द्रका कार्यसमिति सदस्यहरुकाे सार्थक सहभागिता रहेकाे थियाे ।
सहभागीहरुका तर्फबाट बुद्धिबहादुर बलाल,सरिता थापा र गीतारानी बलालले तालिम फलदायी रहेकाे र आगामी दिनमा समेत क्षमता अभिवृद्धिका तालिमहरु आयाेजना गर्ने बताए।
Comments
Post a Comment