होटेल टुलिपमा साधारण सभा सम्पन्न

 




२५कार्तिक  २०७८, बिहिवार 

रूपन्देहीको मणिग्राममा सञ्चालित लुम्बिनी विशिष्टिकृत  सहकारी संघ  लिमिटेड, तिलोत्तमा–०५  को दोस्रो वार्षिक साधारण सभा तिलोत्तमा स्थित होटेल टुलिपमा सम्पन्न भएको छ ।


संघका  अध्यक्ष डा खगराज शर्माको अध्यक्षता तथा आर्थिक मामिला तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका मा. कृष्ण ध्वज खड्काज्युको प्रमुख  आतिथ्यमा आयोजित कार्यक्रम कोविड सतर्कता सहित सञ्चालन गरिएको थियो ।साधारण सभाले अध्यक्ष शर्माको प्रतिवेदन, कोषाध्यक्ष खेम गौतमको प्रतिवेदन तथा लेखा समितिका संयोजक जयकिशन अधिकारीले प्रस्तुत गर्नुभएका प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो ।


 कार्यक्रममा अतिथि-  सहकारी संघका अध्यक्षहरु मध्यबाट जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष  श्री भुपती प्रसाद पाण्डे,नेफस्कुनका महासचिव श्री विजया धिताल ,राष्ट्रिय सहकारी महासंघ संचालक सदस्य श्री भिम प्रसाद तुलाचन ,कृषि खाद्यप्रविधि तथा भुमी व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशका  सचीव शान्ता कार्की ,विशिष्ट अतिथि  लुम्बिनी प्रदेश सभा सदस्य मा. रमा अर्यालले शुभकामना मन्तव्य राख्नु  भएको थियो । 


  कार्यक्रममा  प्रमुख अतिथि आर्थिक तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका मा.कृष्णध्वज खड्काले संघको शुभकामना मन्तव्यमा  संघको लगानीमा संचालन गरिने देशकै नमुनायोग्य र पहिलो परियोजनाका रूपमा रहेको UHT दुग्ध प्रशोधन परियोजना लगायत  सम्पुर्ण सदस्यहरुलाई समेट्ने गरि  सहकारी  संघले संचालन गर्ने विकास निर्माणका हरेक  कार्यमा हमेशा हातेमालो गर्ने  प्रतिबद्धता  व्यक्त  गर्नुभएको थियो ।उपाध्यक्ष  ज्ञानु पौड्यालकाे  स्वागत मन्तव्य बाट सुरु भएको सो कार्यक्रमको संचालन संस्थाका सचीव गोपाल पौड्यालले गर्नुभएको थियो ।


Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

DNIG द्वारा आयोजित साईग्रेस वर्ड टुर कार्यक्रम सिर्जनात्मकता र व्यवस्थापनको उत्कृष्ट उदाहरण सहित सम्पन्न।