तिलोत्तमामा मेलमिलापकर्ता पुन: ताजगी तालीम सम्पन्न


 कार्तिक ३० गते मंगलबारका दिन  तिलोत्तमा नगरपालिकामा  ३ दिने मेलमिलापकर्ता पुन: ताजगी तालिम सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका न्यायीक समितिको आयोजनामा संचालन गरिएको उक्त  कार्यक्रम जिम्मेबारी र समस्या समाधानमा टेवा पुर्‍याइ सुशासन युक्त नगर बनाउन झनै मद्धत पुग्ने उदेश्यले सो तालिम  आयोजना गरिएको नगर उपप्रमुख जागेश्वर देवी चौधरीले बताउनुभयो। 

सामाजिक विवाद तथा समस्या समाधानमा मेलमिलापकर्ताको महत्वपूर्ण भुमिका रहने बताउँदै त्यसका लागि आवश्यक नीति तथा बजेटको ब्यवस्था गरिने कुरा पनि नगर उपप्रमुखले  बताउनुभयो । 

तालिममा न्यायीक कार्यसम्पादन अन्तर्गत ब्यक्तिगत घटना दर्ता , नागरिकता , जन्मदर्ता , विवाह दर्ता लगायत अन्य सिफारिस  न्याय सम्पादनका क्रममा आईपर्न सक्ने समस्या र त्यसको समाधान लगायत मेलमिलापकर्ताका सात चरण बारे बृहत्  छलफल गरिएको थियो।  नगरपालिकाका जनप्रतिनिधि ,कर्मचारी लगायत मेलमिलापकर्ताहरुको सार्थक सहभागीता रहेको मेलमिलापकर्ता  पुन ताजगी तालिममा  प्रमुख प्रशिक्षक  अधिवक्ता सुर्यराज अधिकारी र र सहायक प्रशिक्षक  दिनेश अर्याल ज्युले सहजीकरण गर्नुभएको थियो।

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

DNIG द्वारा आयोजित साईग्रेस वर्ड टुर कार्यक्रम सिर्जनात्मकता र व्यवस्थापनको उत्कृष्ट उदाहरण सहित सम्पन्न।