वीरगाथामा टीमबिल्डिङ्ग
सहकारी सञ्चालन तथा व्यवस्थापनमा टीम बिल्डिङ्ग तालिम बुटवलमा शुक्रबार सम्पन्न भयाे । वीरगाथा बचत तथा ऋण सहकारी संस्था लि. बुटवलका सञ्चालक समिति,लेखा समिति,शिक्षा उपसमिति,कर्जा तथा धिताे मूल्यांकन उपसमिति,सल्लाहकारहरु र प्रमुख व्यवस्थापकका लागि प्रदान गरिएकाे उक्त तालिमकाे सहजीकरण सामाजिक उद्यमी दलबहादुर गुरुङले गरेका थिए ।
तालिममा सहकारी सञ्चालन तथा व्यवस्थापनका पक्षहरु,सफल सहकारीका मापन विधि,आधाारहरु, स्वनियम,सहकारी सञ्चालन र व्यवस्थापनका लागि टीमबिल्डिङ्गकाे आवश्यकता र महत्त्वका विषयवस्तु समावेश गरिएका थिए ।
तालिम समापनमा संस्थाका अध्यक्ष जनकबहादुर थापाले आफ्नाे सहकारी उत्तम र उदाहरणीय सहकारी बन्ने चरणमा रहेकाे हुँदा यस्ताे खालकाे तालिमले दिशानिर्देश गर्ने बतााए ।
साेही अवसरमा संस्थाका सचिव मनमाया थापा,माेहनसिंह बस्नेत,चन्दा सुनारीमगर,प्रमुख व्यवस्थापक चन्द्रबहादुर राना मगरले तालिम फलदायी भएकाे र आगामी दिनमा समेत यस्तै खालकाे पुनर्जगी तालिमकाे खाँचाे रहने बताए ।
कार्यक्रममा सहजीकरण गरेवापत सहजकर्ता दलबहादुर गुरुङलाई खादा ओढाई प्रमाण- पत्र समेत प्रदान गरिएकाे थियाे ।
Comments
Post a Comment