गणेशका उपभाेक्ता कर्णाली पुलसम्म


 गणेश सामुदायिक वन उपभाेक्ता समूह,तिनाउ-२,पाल्पाले आफ्ना उपभाेक्ताहरुलाई,दाङकाे राप्ति गाउँपालिका वडा नं २ मा रहेकाे कालिका सावउस,बाँकेकाे गाभर भ्याली हाेमस्टे,बर्दियाकाे डल्ला हाेमस्टे र सुदूर पश्चिमकाे कर्णाली पुलसम्म दुई दिवसीय अध्ययन,अवलाेकन भ्रमण गराएकाे छ । 


भ्रमणमा कालिका सामुदायिक वनले वृद्धा पशु स्याहार केन्द्र र गिद्व संरक्षण सम्बन्धि कार्यलाई अघि बढाएकाे र त्यसकाे दूरगामी प्रभावका बारेमा गरेका प्रगतिका बारेमा छलफल गरेकाे थियाे । 


बाँकेकाे बैजनाथ गाउँपालिकामा पर्ने गाभर भ्याली र त्यहाँ स्थानीयहरुले सञ्चालन गरेकाे सामुदायिक हाेमस्टेका बारेमा गणेश सावउसका कार्यसमिति र उपभाेक्ताहरुले अध्ययन गर्ने काम गरेका थिए । हाेमस्टे सञ्चालक कृष्ण चाैधरीले स्थानीयहरुले हामेस्टे सञ्चालन गरेपछि आर्थिक एवम् सामाजिक लाभ भएकाे बताउँदै देशकै नमूना थारु संग्रहालय समेत बनाउने काममा आफूहरु जुटेकाे बताए । 

त्यसै गरि भ्रमण टाेलीले बर्दियाकाे डल्लामा रहेकाे थारु हाेमस्टेले देखाएकाे लठ्ठी नाँच,झुम्डा  नाँचका साथै त्यस हाेमस्टेले समुदायमा पारेकाे प्रभावका बारेमा अवलाेकन र अध्यययन गरेकाे समूहका अध्यक्ष बालकुमार श्रेष्ठले बताए । 


स्थानीयहरुले कृषिमा क्रान्ति गरेकाे,हस्तकलाका सामान उत्पादन गरि मनग्य आम्दानी गरेकाे र थारु संस्कृति संरक्षणमा हाेमस्टेकाे ठूलाे याेगदान रहेकाे बुझ्ने माैका मिलेकाे गणेशसावउसका काेषाध्यक्ष बिष्णु थापाले सुनाए । 

साथै भ्रमण टाेलीले देशकै नमूना कर्णालीकाे पुलकाे अवलाेकन गरि आन्तरिक पर्यटनमा आफूहरुले सहयाेग गर्न पाएकाेमा हर्षित भएकाे समूहका सदस्य दुर्गा थापाले बताए । 


भ्रमणले समूहका सदस्यहरुलाई नयाँ उर्जा थपेकाे रीता मिदुनले बताईन् । 


भ्रमण मंसिरकाे ७ र ८ गते गरिएकाे थियाे । भ्रमणबाट सिकेका कुराहरुलाई लिपिवद्व गरि अभिलेखीकरण गरिने समूहका उपाध्यक्ष पशुपति शर्माले बताए ।

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

DNIG द्वारा आयोजित साईग्रेस वर्ड टुर कार्यक्रम सिर्जनात्मकता र व्यवस्थापनको उत्कृष्ट उदाहरण सहित सम्पन्न।