सियारीमा आज

 


सियारी गाउँपालिका,रुपन्देहीले महिला हिंसा बिरुद्धकाे १६ दिने कार्यक्रमकाे अन्तिम दिन गाउँपालिकाभित्र रहेका महिलाहरुकाबीच महिलाहिंसाका कारण,वर्तमान अवस्था,महिलाहरुकाे दायित्व र अधिकार विषयहरुमा बृहत् छलफल तथा गाेष्ठिका साथ समापन कार्यक्रमका लागि तयारी बैठक गरेकाे छ । कार्यक्रम मंसिर २४ गते हुनेछ । 

बैठकले विभिन्न उपसमिति समेत गठन गरेकाे  पालिकाका उपाध्यक्ष अमृता गुरुङले कलम आवाजलाई बताईन् । उनले सदाकाेभन्दा यसपालि फरक ढंगले कार्यक्रम गर्ने बताईन् । 

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अयाेध्याप्रसाद थारुले महिलाहरुकाे समस्याहरुमाथि छलफल गरि आवश्यकताका आधारमा कार्यक्रम गरिने बताउँदै महिला हिंसा विरुद्धको दिवसले समाजमा आगामी दिनमा हिैसालाई व्यवस्थापन गर्न  जाेड दिए । 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मीनप्रसाद भट्टराई,लेखा अधिकृत,स्थानीय महिला नेतृत्व र  पाैरखी पात्र पुस्तकका लेखक दलबहादुर गुरुङले महिला हिंसा घरपरिवार,समाजबाटै भएकाे र त्यसकाे मूल जराे आर्थिक असमानता नै भएकाे उल्लेख गरेका थिए । 

उक्त समापन कार्यक्रममा हुने छलफलमा स्थानीय महिला नेतृत्व,शिक्षक,अधिकारकर्मी एवम् सहकारी महिला अभियन्ताहरुकाे सहभागिता रहने छ ।

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न