एम्स कलेजमा पाैरखी पात्र

 






पाैरखी पात्र पुस्तक पढेपछि एम्स कलेजका विद्यार्थीले साेही पुस्तकका लेखकहरु दलबहादुर गुरुङ र माधवकुमार पाैडेलसँग विहिवार विषयगत छलफल गरेका छन् । 

स्नातक तह विविएस चाैथाे वर्षका विद्यार्थीले पुस्तक पढेपछिका अनुभवहरु साटासाट र पठन अनुभूति अभिब्यक्त गरेका थिए । उनीहरुले दैलामा स्थानीय सरकार भएता पनि उद्यमीहरुले साेचेजति आर्थिक,प्राविधिक एवम् प्रशासनिक सहयाेग पाउन नसकेकाे र त्यसका लागि लेखकहहरुले पहल गरिदिनु पर्नेमा जाेड दिए । 


कार्यक्रममा कलेजका प्राचार्य विकास श्रेष्ठले पुस्तकले उद्यमशीलता पढ्ने विद्यार्थीलाई नयाँ खुराक दिने,पठन संस्कृतिमा टेवा पुराउने र जागिरमुखीभन्दा उद्यमी बन्न उत्प्रेरित गर्ने बताए । 


पुस्तकका लेखकहरु दलबहादुर गुरुङ र माधवकुमार पाैडेलले विद्यार्थीलाई पाैरखी पात्र पुस्तक पढिदिई छलफल कार्यक्रममा सहभागी भई प्रश्नाेत्तर गरिदिएकाे कृतज्ञता ब्यक्त गरे । साथै उनीहरुले व्यवस्थापनका  विद्यार्थीलाई स्वराेजगारी बन्न समेत अनुराेध गरेका थिए । कार्यक्रममा एम्स फाउन्डेसनका निर्देशक  गाेपालप्रसाद न्याैपाने,गाेविन्द शर्मा,यज्ञ न्याैपाने लगायतकाे सहभागिता थियाे ।




Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न